Fri. Mar 29th, 2024

सर्वाेच्चले जनताको पक्षमा फैसला गर्ने विश्वास छ : रामचन्द्र पौडेल

३ फागुन, धादिङ-

बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन नेपालको संविधान, लोकतन्त्र र स्थायीत्वमाथी प्रहार भएको नेपाली काँङग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

संसद विघटनको असंवैधानिक कदमको विरोधमा नेपाली काँग्रेस धादिङले आयोजनामा गरेको विरोध ¥याली तथा सभामा बोल्दै नेता पौडेलले बर्तमान प्रधानमन्त्रीले घोषणा गरेको चुनावले कुनै पनि हालतमा स्थायीत्व नल्याउने ठोकुवा गरे । पौडेलले भने, ‘झण्डै झण्डै दुइ तिहाइको सरकार चलाइरहेको ओलीले पार्टीभित्रको विवादका कारण संसद भंग गरे, भएको स्थायीत्वलाइ कायम राख्न नसक्ने अनि स्थायीत्वको लागि चुनाव भनेर मात्रै हुन्छ ?’

प्रधामन्त्री ओलीको स्वेच्छाचारी प्रवित्ति र सनकले संसद विघटन भएपनि सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गर्ने आफुलाइ विश्वास रहेको पौडेलले बताए । ‘नेपालको राजनितिक घटनाक्रममा ठुला ठुला संकटबाट देशलाइ सर्वोच्च अदालतले बचाएको छ । राजा महाराजाहरुका कदमलाइ पनि सर्वोच्च र संसदले खारेज गरिदिएको छ ।’ पौडेलले भने, ‘सर्वोच्च अदालतमा रहेका न्याय मुर्तिहरुले संविधानको पाना पाना अध्ययन गरेर प्रधानमन्त्री ओलीको दवाव र प्रभावमा नपरी अहिलेको संकटमा नेपाललाइ बचाउने गरि फैसला गर्नुहुनेछ ।’

विगतमा पटक पटक संसद विघटन गरेर देशलाइ अस्थिरतामा धकेलेको र विकास र समृद्धिमा घाटा पुर्याएको तीतो यथार्थ सम्झदै अहिले बनाएको संविधानमा प्रधानमन्त्रीलाइ संसद विघटन गर्ने अधिकार नै नदिएको पौडेलले बताए । उनले भने, ‘जतिजति पटक संसद विघटन भएको छ, देशले उती नै क्षति ब्यहोरेको छ, यसैबाट भुक्तभोगी भएर हामीले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्नै नपाउने प्रावधान राखेका थियौँ ।’

बर्तमान अवस्थाले काँग्रेसको काँधमा राष्टप्रतिको अझै ठुलो जिम्मेवारी थपिएको पौडेलले बताए । काँग्रेस प्रजातन्त्र, लोकतन्त्र र जनता प्रति सधै उत्तरदायी बन्दै आएको बताउँदै नेता पौडेलले काँङग्रेसका नेता कार्यकर्ता पनि जता अवसर उतै लाग्ने मात्र नभइ राष्ट बचाउने र बनाउने जिम्मेवारीमा रहन आग्रह गरे । नेपाली काँग्रेसले पुर्ण कार्य समिति बसेर सर्वसम्मत संसद विघटनको विरोधमा जाने निर्णय भएको बताउदै सम्पुर्ण कार्यकर्तालाइ देउवा र पौडेल नभनी लोकतन्त्र र संविधानको रक्षामा उत्रिनको लागि आग्रह गरे ।

विरोध सभा अघि धादिङवेशीको पुछारबजारबाट सुरु भएको विरोध र्याली बजारको विभिन्न भाग परिक्रमा गरी विरोध सभा स्थल खुल्ला मञ्चमा पुगेको थियो । सभामा सहभागी हुनको लागि धादिङको १३ वटै स्थनीय तहहरुमा काँग्रेसले कार्यकर्ता सदरमुकाममा उतारेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: