
३ फागुन, धादिङ-
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा विरोध प्रर्दशनको आयोजना गरेको छ । यसै क्रममा नेपाली काँग्रेस धादिङले पनि बरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा बृहत विरोध सभा तथा र्यालीको आयोजना गरेको छ ।
विरोध सभामा ब्यापक जनसहभागीता देखिएको थियो । धादिङका १३ वटै स्थानीय तहहरुबाट विरोध सभामा स्थानीयहरुको सहभागीता रहेको काँग्रेस धादिङले जानकारी दिएको छ ।
धादिवेशीको सदरमुकाम पुछार बजारबाट निक्लिएको जुलुस बजारको विभिन्न भाग परिक्रमा गदै खुल्लामञ्चमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
विरोध सभालाइ रामचन्द्र पौडेल, कमला पन्त लगायतका नेताहरुले सम्वोधन गरेका थिए भने विमलराज क्षेत्री, शिवहरी बैरागी लगायतका कलाकारहरु मनोरन्जन दिएका थिए ।
हेरो केही तस्विरहरु




Loading...