Tue. Apr 20th, 2021

धादिङका साहित्यकार बद्रीप्रसाद दाहालद्धारा लिखित “सयपत्रि” छन्द कविता तथा निबन्ध सङ्ग्रह लोकार्पण समारोह

५ फागुन , धादिङ –

मंगलवार श्रीपन्चमीको पावन अवसर पारेर वरिष्ठ साहित्यकार आदरणीय गुरु बद्रीप्रसाद दाहाल ज्युको कृति “ सयपत्री ” छन्दकविता सङ्ग्रह तथा “माला चिन्तन ” निबन्ध सङ्ग्रह पुस्तक विमोचन गरिएको छ ।

धादिङ सिर्जना प्रतिष्ठानको आयोजनामा धादिङबेशीको नीलकण्ठ माध्यामिक विद्यालयमा सार्वजनिक गरिएको हो ।

निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगाना ज्युको प्रमुख आतिथ्यता रहेको थियो । साथै
वरिष्ठ साहित्यकारहरु बलदेव गाउले, डा नविनबन्धु पहाडी,अर्जुन न्यौपाने, विष्णु न्यौपाने लगाएत साहित्य अनुरागीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै मेयर ढुङगानाले साहित्य भनेको एक अमूल्य गहना भएकोले यसको सम्मान गर्नुपर्ने बताए । साहित्यकार डा. नविन बन्दु पहाडीद्धारा लिखति कविता संग्रहमा ७३ ओटा कविता र नबिन्ध संग्रहमा ३९ ओटा निवन्ध रहेको बताए ।

धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

२०७७ फागुन ५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: