Fri. Apr 26th, 2024

सुनको भाउ तोलामा ११ सय रुपैयाँले घट्यो

६ फागुन , धादिङ –

नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ११ सय रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला ९० हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ बुधबार भने ८९ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको चाँदीको भाउ बुधबार १ हजार ३ सय ४० रुपैयाँमा झरेको छ ।

२०७७ फागुन ६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: