Tue. Mar 2nd, 2021

गंगा–जमुना गाउँपालिका कार्यालय स्थानीयद्धारा अनिश्चित तालाबन्दी

७ फागुन, धादिङ –

धादिङको गंगाजमुना गाउँपालिकाको कार्यालय स्थानीयहरुले अनिश्चित कालका लागि तालाबन्दी गरेका छन् ।

गाउँपालिकाले खरिद् गरेको घाँस काट्ने मेसिनको मोटर खरिदमा गाउँपालिका पदाधिकारीको समेत संलग्नता रहेको भन्दै स्थानीयले उजुरी दिएका थिए ।

हिनामिनाको गुनासो आएपछि पालिकाले गठन गरेको छानबिन समितिप्रति चित्त नबुझेपछि स्थानीयले बुधवार तालाबन्दी गरेको हो ।

उजुरीको छानविको लागी काम अगाडी नबढ्दै अख्तियारले गाउँपालिकाकी इन्जिनियर पुजा कार्की ९५ हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।

२०७७ फागुन ७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: