Tue. Apr 20th, 2021

श्रद्धाभाव


मोहन खत्री ‘रसिक’ –


सम्झना वर्षौ भरिका हुँदो रहेछ
मर्ने आआफ्नै तरिका हुँदो रहेछ !
मर्ने त मरि जान्छन् दुनियाँबाट
पिडम्बाना त्यो बाँच्नेलाई हुँदोरहेछ !!

उस्कै सम्झनामा कति मन छुँदो रहेछ
बाहिर मौनतै छ तर भित्र रुँदो रहेछ !
परिराछन् उत्पिडितहरु अन्यायको भुमरीमा
न्याय दिने न्यायलय पक्षपाती हुँदो रहेछ !!

पिल्सिराछन् पिडाहरु समय नि छुड्दो रहेछ
अन्यायको चक्रव्युह गरिबी मै गुड्दो रहेछ !
अपराधी कानुन माथि डलरको खोपडीमा
सर्वसाधारण बिना गल्ति कठघरामा झुक्दो रहेछ !!

नेपाल आमा तिम्रो नयनमा अपराधी लुक्दो रहेछ
अनायासै निर्दोषी त्यो तिम्रो पाउमा चुक्दो रहेछ !
दोषीलाई हदैसम्मको कानुनि कार्बाही गर सरकार
अनि हेरम अपराधीहरू कति सम्म भुक्दो रहेछ !!

त्रिपुरासुन्दरी गाउँपालीका-६,धादिङ

२०७७ फागुन १७ गते प्रकाशित

Loading...