Tue. Apr 20th, 2021

एसईई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

२५ फागुन , धादिङ –

यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ ।

यसअघि बोर्डले नै सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको छ ।

विगतमा एसईई चैतमै हुँदै आएकामा यसपालि कोरोना महामारीका कारण कक्षा प्रभावित भएकाले धकेलिएको हो ।

सरकारले यस वर्षको शैक्षिक सत्र जेठसम्म कायम गरेको छ ।

२०७७ फागुन २५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: