आर.सी अधिकारी –
यत्ति ठुलो संसार भित्र, आना हुन्न गरिबको
मुरी फाल्छन हुने खाने, माना हुन्न गरिबको
सात तलाको महलभित्र, अटाउंदैनन धनिहरु
झरी पर्दा ओत ढाक्ने, छाना हुन्न गरिबको
गरेपनि हजार दुख, पसिनाको खोला बगाई
भकारी मा दुइटा गेडा, दाना हुन्न गरिबको
साहुका बस्दा छोराछोरी,दिनैपिच्छे भेष बदली
जिउ ढाक्नलाइ एकसरो, नाना हुन्न गरिबको
बिधाताले नलेखेनि, मिल्ने भए भाग्य लेख्न
रगत हुन्थ्यो मसि बरु,पाना हुन्न गरिबको ्
About The Author
Loading...