Tue. Apr 20th, 2021

नुवाकोट घर भएकी मिना तामाङको दिल्लीमा गोली हानी हत्या

४ चैत , एजेन्सी –

भारतको राजधानी नयाँदिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मिना तामाङको गोली हानी हत्या भएको छ । उनलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन् ।

नुवाकोट घर भएकी ४५ वर्षीय तामाङ नयाँदिल्लीको मजनुका टिलामा करिब पाँच वर्ष देखि किराना पसल चलाउँदै आएकी थिइन।

बुधबार बिहान करिब सात बजे मोटरसाइकलमा आएका दुई जना लुटेराले पसल लुट्न खोज्दा तामाङले प्रतिकार गर्दा उनीमाथि गोली हानेको दिल्ली प्रहरीले बताएको छ ।

घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीले लुटेराहरुको खोजी भइरहेको बताएको छ ।

२०७७ चैत ४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: