Tue. Apr 20th, 2021

धादिङ को मलेखु घर बताउने बालिका भारतमा फेला, परिवार खोज्दै गाउँपालिका

भारतमा फेला परेकी बालिका

८ चैत, धादिङ

धादिङको गजुरी गाउँपालिका वडा नं २ घर भएकी, बुवाको नाम गोपाल मगर र दिदीको नाम सरिता मगर बताउने अन्दाजी १६ वर्षकी बालिका भारतमा फेला परेकी छिन् ।

भारतमा बालिका फेला परेको सुचना गाउँपालिकामा आएको र ती बालिकाको अभिभावकको खोजी भइरहेको गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले बताइन् ।

फोटोमा उल्लेखित बालिकालाइ कोही महानुभावले चिनेको खण्डमा गाउँपालिका सम्पर्क गरिदिन र परिवारजन भेटाइदिने अभियानमा सहयोग गर्न गाउँपालिकाले सवै गाउँपालिका बासीमा पनि अनुरोध गरेको छ ।

बालिकाको परिवार सम्पर्कमा आएको खण्डमा गाउँपालिकाकै पहलमा भारतबाट उद्धार गरेर ल्याइने पनि गाउँपालिका उपाध्यक्ष ढुंगानाले बताएकी छिन् ।

Loading...

अन्य समाचारहरु: