Tue. Apr 20th, 2021

लोक सेवा आयोगको परीक्षा स्थगित

१० चैत , काठमाडौ –

लोक सेवा आयोगले खरिदारको द्वितीय चरणको परीक्षण स्थगित गरेको छ। गत मंसिर २५ गते सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको खरिदार पदको द्वितीय चरणको परीक्षा तालिका आयोगले आज अर्को सूचना जारी गरी स्थगित गरेको हो ।

आयोगको परीक्षा तालिका बमोजिम बैशाख ६, २०७८ देखि बैशाख १० गतेसम्मका लागि द्वितीय चरणको परीक्षा निर्धारण गरिएको थियो। आयोगले आज जारी गरेको सूचनामा भनिएको छ, ‘रा.प.अनं. द्वितीय श्रेणी अप्राविधिक, खरिदार वा सो सरह पदको आन्तरिक प्रतियोगितातर्फको परीक्षा कार्यक्रम र सोही पदको मिति २०७८ बैशाख ११ गते सञ्चालन हुने गरी तोकिएको द्वितीय चरणको परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ ।

तर सूचनामा परीक्षा स्थगित हुनाको कारण भने उल्लेख गरिएको छैन । आयोगले स्थगित गरिएको परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गर्ने निर्णय भएको जनाएको छ ।

२०७७ चैत १० गते प्रकाशित

Loading...

अन्य समाचारहरु: