Fri. Mar 29th, 2024

सुनौलाबजार नव युवा टोल सुधार समिति भवनको शिलान्यास

१० चैत , धादिङ –

नीलकण्ठ नगरपालिका वडा नं. ६ सुनौला बजार धादिङमा रहेको नव युवा टोल सुधार समितिको भवन शिलान्यास गरिएको छ ।

बागमती प्रदेश सांसद डाक्टर रामकुमार अधिकारीले नव युवा टोल सुधार समितिको भवन शिल्यान्यास गर्नु भएको छ ।

प्रदेश सांसद अधिकारीले १५ लाखमा विकास कोषबाट विनियोजित भवन निर्माण कार्य सुरु गर्न लागिएको हो र समयमै भवन निमार्ण गरि सक्नुपर्ने बताए ।

यसै समितिका अध्यक्ष प्रदिप कुमार रम्तेलको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

२०७७ चैत १० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: