Tue. Apr 20th, 2021

नेपाल खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला

१० चैत , काठमाडौ –

नेकपा एमाले नेपाल(खनाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को राष्ट्रिय कार्यकर्ता भेला सुरू भएको छ।

राष्ट्रिय सभा गृहमा भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायत उपस्थित छन्। भेलामा नाचगान पनि भइरहेको छ।

केही दिनअघि नेपाल(खनाल पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको निर्णय अनुरूप नै आज सो पक्षले अनेरास्ववियूको राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो।

गत सोमबार बसेको नेपाल(खनाल पक्षको बैठकले पनि देशभर पार्टी कमिटी तथा जनसंगठनहरूको भेला, बैठकलाई निरन्तरता दिने र आधारभूत तहसम्मै रहेको आफ्नो शक्ति परिचालन गर्ने निर्णय गरेको थियो।

२०७७ चैत १० गते प्रकाशित

Loading...

अन्य समाचारहरु: