Thu. Mar 28th, 2024

ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु

१२ चैत , सिन्धुली –


सिन्धुलीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

प्रदेश २-०३-००१ त १८७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुधौली नगरपालिका १३ ठाकुरदमारका २५ वर्षीय इन्द्रबहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज लामाले जानकारी दिए। उनी उक्त ट्याक्टरका चालक हुन्।

ट्याक्टर भीरमा दुर्घटना भएको र शव निकाल्न कठिनाई भएको बताइएको छ। दुर्घटनामा दाङ जिल्ला सुनढ्याब्री गाउँपालिकाका ३० वर्षीय भगतराम चौधरी र सोहि ठेगाना भएका रामु चौधरी गम्भीर घाइते भएका छन्।

घाइते दुवै जनाको उपचारको लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

ट्याक्ट्र बाँसबोटे स्कुलबाट निर्माण सामग्री अनलोड गरी सिकारी ढुङगातर्फ गएको थियो।

२०७७ चैत १२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: