Fri. Mar 29th, 2024

श्रीमानद्धारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

१३ चैत ,सुनसरी –

श्रीमती हत्या आरोपमा सुनसरीको धरान उप–महानगरपालिका –८ का ३७ वर्षीय तिलबहादुर माझी पक्राउ परेका छन्।

बिहीबार अपराह्न ३१ वर्षीय श्रीमती सम्झना राईको हत्या आरोपमा प्रहरीले माझीलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरानका अनुसार माझीले राईलाई खुकुरीले घाँटीमा प्रहार गरी घाइते बनाएका थिए।

खुकुरी प्रहारबाट घाइते भएकी सम्झनालाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा पौने ६ बजे मत्यु भएको थियो।

घरायसी विवादमा माझीले श्रीमतीलाई खुकुरी प्रहार गरेको बुझिएको र यसबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

२०७७ चैत १३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: