Tue. Apr 20th, 2021

घरेलु मैदानमा नेपाललाई ३७ वर्षपछि उपाधि

१७ चैत , काठमाडौ –

नेपाली राष्ट्रिय फुटबल टिम १८ महिनायताका आठ खेलमा जितविहीन थियो । आठै खेलमा गोलसमेत गर्न सकेको थिएन । ६ वर्षपछि दशरथ रंगशालामा फर्कंदा राष्ट्रिय टिमले थ्री नेसन्स कपको समूह चरणका दुवै खेलमा गोल गर्न त सकेको थिएन नै, पोस्टमा गतिलो आक्रमण पनि भएन ।

फरवार्डबिना नै खेलेजस्तो देखिएपछि टिमकै आलोचना भइरहेको थियो । अन्ततः डेढ वर्षे गोलविहीन यात्रामा पूर्णविराम लगाउँदै सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्स कपको उपाधि चुमेको छ ।

घरेलु मैदानमा नेपालले उपाधि चुमेको यो ३७ वर्षपछि पहिलो हो । सन् १९८४ मा दशरथ रंगशालामै प्रथम दक्षिण एसियाली महासंघीय खेलकुद साफ गेम्स मा नेपालले स्वर्ण उपाधि चुमेको थियो । त्यतिबेला पनि फाइनलमा नेपालले बंगलादेशलाई हराएको थियो, त्यसबेला स्कोर थियो ४–२ । यही रंगशालामा २२ वर्षअघि साफको आठौं संस्करण फाइनलमा भने नेपाललाई बंगलादेशले १–० ले निराश पारेको थियो ।

यो राष्ट्रिय टिमको पाँचौं उपाधि हो । सन् १९८४ को पहिलो साफ गेम्स र ढाकामा भएको छैटौं संस्करण ९१९९३० को स्वर्णपदकपछि पाँच वर्षअघि ढाकामै बंगबन्धु गोल्डकप र कुचिङ (मलेसिया) मा एएफसी सोलिडारिटी कपको ट्रफी चुमेको थियो । नेपालको हालसम्मको ठूलो उपलब्धि सोलिडारिटी कप हो । अरू चार उपाधि फुटबलको आधिकारिक निकाय ९फिफा, एएफसी र साफ० को औपचारिक प्रतियोगिता होइन ।

थ्री नेसन्स कप ‘आमन्त्रण प्रतियोगिता’ मात्र हो । सोमबारको खेलमा राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएका मिडफिल्डर संजोग राईले १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनकै पासमा अर्का मिडफिल्डर विशाल राईले ४२ औं मिनेटमा घरेलु टिमको अग्रता दोब्बर बनाए । पहिलो हाफमा नेपाल आक्रामक रहे पनि दोस्रो हाफमा पाहुना टिम बलियो देखियो ।

२०७७ चैत १७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: