Tue. Apr 20th, 2021

माओवादी केन्द्रले गरायो पुनरावलोकनको निवेदन दर्ता

१७ चैत , काठमाडौ –

नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गराएको छ । अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू मंगलबार दिउँसो सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन् ।

दाहालसँगै वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङसमेत सर्वोच्च पुगेका छन् ।

निवेदन दर्ता गराएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले पार्टीको नामसम्बन्धी मुद्दामा भएको फैसला अस्वाभाविक र अप्राकृतिक रहेको तथा राजनीतिक प्रकृतिको निर्णय भएको भन्दै आफूले पहिल्यैदेखि असहमति जनाउँदै आएको बताए ।

‘हामीलाई विश्वास छ, देशको राजनीतिक स्थायित्वका निम्ति शान्ति र समृद्धिको एउटा नयाँ अभियानमा नेपाल जाँदै छ, यस्तो बेलामा एकताबद्ध भइसकेका दलहरूलाई विभाजित गर्नेजस्तो राजनीतिक काम, अदालतले जो निर्णय गर्‍यो, त्यो सच्याउनेछ ।

फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो ।

सर्वोच्चको आदेशमा दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो ।

२०७७ चैत १७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: