Tue. Apr 20th, 2021

पहिले प्रधानमन्त्री रहेको कार्यालयमा अब गृह मन्त्रालय

२० चैत, काठमाडौ –

गृह मन्त्रालय वैशाख १ देखि प्रधानमन्त्री कार्यालय रहेको भवनमा सर्ने भएको छ।

२०७२ वैशाख १२ भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तत्कालीन संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो।

डेढ महिनाअघि सो भवनबाट प्रधानमन्त्री कार्यालय पुरानै स्थानमा सरेको थियो।

हाल गृह मन्त्रालय रहेको केही भवनहरू पुनर्निर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने सरकारको तयारी छ।

२०७७ चैत २० गते प्रकाशित

Loading...

अन्य समाचारहरु: