Tue. Apr 20th, 2021

धादिङको गजुरी स्थित शिवदल गणमा भुपु सैनिक सम्मेलन

२३ चैत, धादिङ –

गजुरी स्थित नेपाली सेनाको शिवदल गणमा भूतपुर्व सैनिक सम्मेलन आयोजा गरिएको छ ।
विगतमा सैनिक पृतना कार्यलयहरुमा हुने भुपु सैनिक सम्मेलनहरु यस वर्ष कोभिड महामारीको जोखिमका कारण जिल्ला जिल्लामै आयोजना गरिने निति अनुरुप धादिङका भुतपुर्व सैनिकहरुको सम्मेलन आइतवार शिवदल गणको सहायक शिविरमा गरिएको नेपाली सेनाको शिवदल गणले जानकारी दिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको कारण विगतकै सरह धेरै मानिसहरु जम्मा गरी भू.पू. सैनिक सम्मेलन संचालन गर्दा हाल नेपाल सरकारको वर्तमान स्वास्थ्य नीति विपरित जाने भएकाले विभिन्न स्वास्थ्य सम्बन्धी सावधानी अपनाई सैनिक सम्मेलनको उद्घाटनको दिन १०० जना हिताधिकारीहरुको उपस्थितिमा कार्यक्रम संचालन भएको गणले जानकारी दिएको छ ।

कार्यक्रममा शिवदल गणका गणपति नन्द बहादुर गुरुङ्गले हिताधिकारिहरु मध्ये अशक्त भएका ५ जनालाई व्हीलचियर प्रदान गरेका थिए । साथै एनआइवीएलद्वारा सहयोग स्वरुप नगद पाँच हजार प्रदान गरिएको थियो । बाँकी २ जना अशक्तहरुलाई व्हील चियर पछी वितरण गर्न ब्यवस्था मिलाइएको गणले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा सहभागी भएका १ सय जना भू.पू. तथा सैनिक हिताधिकारीहरुलाई मण्डी, पि–क्याप, सल, फष्ट एड किड, वितरण गरिएको थियो ।

धादि जिल्लाभर ३३ सय भन्दा बढी भुपु सैनिक रहेको र जसमध्ये १४ सय जनाले भुपु सैनिक सम्मेलनमा भाग लिन नाम दर्ता गराएका थिए ।

उद्घाटन दिन सहभागी भएका १ सय जना बाहेक वाँकी भुपुसैनिकहरुलाइ आगामी एक सातासम्म दैनिक रुपमा सहयोग सामाग्री वितरण गरिने गजुरी स्थित शिवदल गणले जानकारी दिएको छ ।

२०७७ चैत २३ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: