Tue. Apr 20th, 2021

नेपाल – खनाल समूहले बनाएको बागमती प्रदेशका जिल्ला अध्यक्षहरू

२४ चैत , काठमाडौ –

पार्टी भित्र सामानान्तर कमिटी निर्माणलाई तिब्रता दिँदै आएको खनाल – नेपाल समूहले मंगलबार बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरेको छ ।

समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो।
प्रदेश कमिटी सचिवमा दोलखाकी रचना खड्कालाई चयन भएकी छन्।

यी हुन् जिल्ला अध्यक्षहरू
काठमाडौं – वसन्त मानन्धर
ललितपुर – हरिकृष्ण थापा
भक्तपुर – रजन केसी
नुवाकोट – नारायण प्रसाद खतिवडा
सिन्धुपाल्चोक – झम्क नेपाल
मकवानपुर – मनु सिग्देल
सिन्धुली – सूर्य पाख्रीन
दोलखा – भीम दाहाल
रसुवा – पेम्बा तामाङ
चितवन – तेजेन्द्र खड्का
धादिङ – शिवराज कँडेल
रामेछाप –
काभ्रे – टोपबहादुर वाइवा

२०७७ चैत २४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: