Tue. Apr 20th, 2021

पत्रकार महासंघ धादिङको निर्वाचन सम्पन्न, अध्यक्षमा राजाराम शर्मा विजयी

बधाई

२६ चैत, धादिङ –

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको अध्यक्षमा राजाराम शर्मा विजयी भएका छन् । कुल १४१ मत खसेकोमा १ सय ३ प्राप्त गर्दै शर्मा अध्यक्ष पदमा विजयी भएका हुन् । शर्मा रेडियो धादिङका स्टेशन मेनेजर हुन् ।

बुधवार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सानुबाबु तिमिल्सीना र सरिता श्रेष्ठ (महिला) विजयी भएका छन् । सचिवमा रामबहादुर ठकुरी (आशिष), सह सचिवमा उपेन्द्र जमकट्टेल र राजाराम डंगोल (समावेसी) विजयी भएका छन् भने कोषाध्यक्षमा शिव प्रसाद देवकोटा विजयी भएका छन् ।

सदस्यहरुमा अस्मिता पोखरेल, उपेन्द्र प्रसाद अधिकारी, विक्रम अधिकारी, रामचन्द्र रुपाखेती, शिवराज आचार्य, सुमन अधिकारी, निरमाया गुरुङ (डोल्मा) विजयी भएका छन् । त्यस्तै अर्जुन कुमार श्रेष्ठ, अनिल नेपाली, उद्धव चेपाङ र विकास रौनियार निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनबाट केन्द्रिय परिषद् सदस्यमा गायत्री खतिवडा, सीताराम अधिकारी, सुदर्शन खतिवडा विजयी भएका छन् भने शंकर श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै प्रदेश परिषद् सदस्यहरुमा अर्जुन प्रसाद खतिवडा, उषा वि.क., कपिलदेव सापकोटा, गोविन्द सुवेदी, महेश्वर सुवेदी, यसोदा नेपाल, लक्ष्मी भुजेल, राजेन्द्र कुमार बस्नेत, सुनिता सिंखडा र सुशिला अर्याल विजयी भएका छन् ।

धादिङमा प्रेस चौतारी, प्रेस संगठन र प्रेस मञ्च नेपाल धादिङको संयुक्त प्यानल र प्रेस युनियन चुनावी मैदानमा थिए ।

२०७७ चैत २६ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: