Fri. Mar 29th, 2024

धादिङको खनियावासवाट जडिबुटी सहित २ पक्राउ

फाइल फोटो

२७ चैत ,धादिङ –

धादिङको खनियावास गा.पा. वडा नं ३ दामन पाख्रीन मार्गको सडक खण्डवाट दुई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङ तथा मातहत समेतबाट खटीएका प्रहरी टोलीले सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा मंगलवार प्रक्राउ गरेको हो ।

डुण्डुरेबाट धादिङबेसी तर्फ आउदै गरेको बा ५ ख ६३४५ नम्बरको स्वराज गाडीमा अबैध रुपमा ल्याउदैं गरेको मजिठो ३५९ किलोग्राम, पाखनबेद १०१४ किलोग्राम, चिराईतो १७किलोग्राम,कालीकाठ दाना (कालीदाना) ८ किलोग्राम, जडिबुटी सहित प्रहरीले प्रक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा स्वराज गाडी चालक खनियावास गा.पा.वडा नं २ बस्ने ३५ बर्षीय रामकुमार तामाङ र वडा नं. ३ बस्ने अन्दाजी ४७ बर्षको उद्धब सिं तामाङलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागी डिभिजन बन कार्यलय धादिङमा पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सुचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिए ।

२०७७ चैत २७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: