Mon. May 17th, 2021

विश्व शान्ति तथा एकिकृत परिवार महासंघद्धारा आमाको माया छात्रवासलाई सहयोग

३ वैशाख , धादिङ

विश्व शान्ति तथा एकिकृत परिवार महासंघ (FFWPU)  धादिङले आमाको माया छात्रावासमा रहेका वालवालिकालाई सहयोग गरेको छ ।

बुधबार नीलकण्ठ नगरपालिका–४ मा रहेको आमाको माया छात्रवासका बालबालिकाहरुलाई नयाँ वर्ष २०७८ को अवसर पारेर सहयोग गरेको हो ।

बालबालिकाहरुको शैक्षिक क्षेत्रमा प्रगति होस भन्ने उद्धेश्यले सहयोग कार्यक्रम आयोजना गरी ढोलाली कपडा पसल, दाजुभाइ फर्निसिङ, सापकोटा किराना स्टोर्स र बिनोद बहादुर ढकालको सहयोगमा संस्थाले शैक्षिक सामाग्री, लत्ता कपडा, खाद्यान्न लगायतको सामग्री सहयोग गरिएको विश्व शान्ति तथा एकिकृत परिवार महासंघका अध्यक्ष दिपक सापकोटाले जानकारी दिए ।

सहयोग कार्यक्रममा विश्व शान्ति तथा एकिकृत परिवार महासंघका सदस्यहरु लगाएतको सहभागीता रहेको थियो ।

२०७८ वैशाख ३ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: