Mon. May 17th, 2021

संयुक्त दलित संघर्ष समितिद्धारा दोस्रो चरणको कार्यक्रम घोषणा

५ वैशाख , धादिङ –

संयुक्त दलित संघर्ष समितिले नीलकण्ठ नगरपालिका विरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गरि संघर्ष समितिले दोस्रो चरणको संघर्षका कार्यक्रमको जानकारी गराएको हो ।

कार्यक्रमलाई धादिङ जिल्लाको सम्पूर्ण नगरपालिका र गाउपालिकामा पुयाउन धादिङ जिल्लाका दलित अधिकारको संघर्षको साथ, सहयोग र सम्पूर्ण न्याय प्रेमी जनसमुदाय, अधिकारकर्मी, नेतृत्व वर्गमा अपिल गरेको छ ।

दास्रो चरणको कार्यक्रमहरु
बैशाख १० गते १३ वटै पालिकामा ज्ञापन पत्र बुझाउने, १२ गते नीलकण्ठ नगरपालिकामा धर्ना कार्यक्रम, १६ गते भित्रमा नगरपालिकाको १४ वटै वडामा संयुक्त दलित संघर्ष समिति गठन गर्ने, वडा स्तरीय छलफल कार्यक्रम गर्ने भएको छ । त्यसै गरी १७ गते सर्वदलिय र सर्वपक्षिय वृहत अन्तरक्रिया कार्यक्रम गर्ने, १८ गतेदेखि २४ गतेसम्म प्रत्येक गाउपालिकामा धर्ना कार्यक्रम गर्ने र बैशाख २७ गते धादिङबेसीमा जिल्ला स्तरीय वृहत सभा गर्ने कार्यक्रम घोषणा गरेको छ ।

यस अघि पनि नीलकण्ठ नगरपालिका समक्ष राखिएको मागहरुप्रति वेवास्ता गदै संयुक्त दलित संघर्ष समितिले गत चैत्र १३ गतेदेखि धर्ना कार्यक्रम गदै २७ गते बृहत पञ्चेबाजा सहितको विरोध कार्यक्रम गरेको थियो ।

२०७८ वैशाख ५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: