Thu. Mar 28th, 2024

नेपाल सुपर लिगका खेल नरोकिने

१४ वैशाख , काठमाडौ –

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले निषेधाज्ञामा पनि नेपाल सुपर लिग एनएसएल नरोकिने मंगलबार बताएका छन् ।

कोभिड–१९ संक्रमण रोक्न सरकारले बिहीबारदेखि लागू हुने गरी दुई साताका लागि निषेधाज्ञा घोषणा गरेपछि प्रतियोगिताको निरन्तरताबारे अन्योल छाएको थियो ।

सदस्य सचिव सिलवालले कान्तिपुरलाई भने, ‘जारी रहेको नेपाल सुपर लिगका खेल रोकिने छैनन् । हामीले सम्बद्ध निकायसँग स्वीकृति लिइसकेका छौं । आयोजकले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर खेल सञ्चालन गर्नेछ ।’

नेपालको पहिलो फ्रान्चाइज लिग नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानजमेन्टको आयोजनामा सञ्चालन भइरहेको छ । प्रतियोगिताको पहिलो चरण सोमबार सकिएको छ । मंगलबारबाट दोस्रो चरण सुरु हुँदै छ ।

२०७८ बैशाख १४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: