धादिङ – धादिङको नैविसे गाँउ विकास समितिको वडा नम्वर ८ का भुकम्प प्रभावितलाई राहत सामाग्री वितरण गरिएको छ । अलसलाम मानव सेवा संघ नेपाल र कतार च्यारिटीको संयुत पहलमा राहत सामग्री वितरण गपिरएको हो ।
विभिन्न क्षेत्रमा भुकम्प पछि राहत तथा पुन निमार्णमा जुटेको यो संस्थाले शनिबारधादिङको नौविसेमा २ सय ६ घरधुरीलाई त्रिपाल,खाद्यन्न लगायत अन्य सामाग्री वितरण गरेको हो । राहत पछि पुन निमार्णको लागि जुटेको कतार च्यारिटी तथा अलसलाम मानव सेवा सघंले गोरखा नगरपालिका १२ मा १५ वटा टहरा समेत निमार्ण गरको छ । देशभरी यस्तो टहरा १००० वटा निमार्ण गर्ने संघका संरक्षक अजिजुर रहिमान शेषले बताउनु भयो ।
च्यारिटिको पहलमा धादिङ, सिन्धुपाल्चोक काठमाडौ लागाएत भुकम्प प्रभावित क्षेत्रमा राहात तथा टहरा निमार्ण गरिरहेको छ । राहत वितरणमा कतार फुटबल संघका महासचिव बाबु छत्कुली लगायत संस्थाका अध्यक्ष समिमउल रहमानको उपस्थिती थियो । राहात वितरण कार्यक्रममा बोल्नुहुँदै नौविसेका सामाजिक कार्यकर्ता अप्सरा उप्रेतीले अव धादिङमा नवनिमार्णको आवश्यकता रहेको भन्दै संघसस्थालाई घर तथा टहरा निमार्णको लागि सहयोग गर्न अनुरोध गर्नुभयो । सोहि क्रममा वडामा रहेको चण्डिदेवि निम्न माध्यामिक विद्यालयलाई संस्थाले ५००० रुपैया सहयोग समेत गरेको थियो ।