Thu. Mar 28th, 2024

अक्सिजन नभएको भन्दै काठमाडौं उपत्यकाका अस्पतालले भने संक्रमितको उपचार गर्न सकिन्न

२९ बैशाख, काठमाडौ –

काठमाडौं उपत्यकाका निजी अस्पतालले अक्सिजनको चरम अभाव रहेको भन्दै थप कोरोना संक्रमितलाई भर्ना गर्न नसकिने बताएका छन्।

मागभन्दा एकदम थोरै अक्सिजन उपलब्ध भएको भन्दै अस्पतालहरूले बिरामी भर्ना गर्न नसकिने बताएका हुन्।

ग्रान्डी अस्पतालले अक्सिजन अभाव रहेको बताउँदै थप कोरोना विरामीको उपचार नगर्ने जनाएको छ।

बुधबार सूचना जारी गर्दै अस्पतालले आवश्यकता अनुसार अक्सिजन व्यवस्थापन नभएको भन्दै थप विरामीको उपचार गर्न असमर्थ रहेको जनाएको छ।

नेपाल सरकारबाट दैनिक एक सय वटा सिलिण्डर प्राप्त हुने भन्दै त्यसले थप विरामीको उपचार गर्न नसकिने अस्पतालले जनाएको छ।

अक्सिजनको मात्रा आवश्यकता अनुसार प्राप्त भए थप विरामीहरूको भर्ना गरिने सूचनामा भनिएको छ।

२०७८ बैशाख २९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: