Thu. Mar 28th, 2024

कोभिड -१९ संक्रमण व्यवस्थापनका लागि मुक्तिनाथ विकास बैकद्धारा ८० हजार सहयोग


३० बैशाख, धादिङ–


कोरोना भाइरस (कोभिड -१९) संक्रमण दर दिनानुदिन बढ्दो छ । स्वास्थ्यकर्मी अभाव, स्वास्थ्य उपकरणको अभावका कारण संक्रमित व्यक्तिको उपचारमा समस्या भएको छ ।

समस्यालाई मध्यनजर गर्दै मुक्तिनाथ विकास बैक उपक्षेत्रीय कार्यालय धादिङले विहिबार नगद सहयोग गरेको छ । कोरोना संक्रमण व्यवस्थापनका लागि अक्सिजन भर्न तथा दुवानीका लागि नगद ८० हजार सहयोग गरेको उपक्षेत्रीय प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

उक्त रकम मुक्तिनाथ विकास बैक धादिङ शाखाका प्रमुख विनोद खतिवडाले धादिङ अस्पताल विकास समितिलाई हस्तान्तरण गरेका हुन् । धादिङ अस्पतालले सदरमुकाममा सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि बैकले सहयोग गरेको हो ।

त्यस्तै धादिङ उद्योग वाणिज्य संघले पनि नगद १५ हजार सहयोग गरेको छ ।

२०७८ बैशाख ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: