Thu. Mar 28th, 2024

उत्तरी धादिङकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार


सरिता श्रेष्ठ
धादिङ, बैशाख ३०

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं. २ लताबकी सुत्केरी महिलाको हेलिकप्टर मार्फत गाउँपालिकाले उद्धार गरेको छ । लताबकी २२ वर्षीय सुन्तली तामाङलाई गाउँपालिकाले हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ पठाएको छ । सुत्केरी भएकी तामाङलाई सुरक्षित प्रसुतीको लागि स्थानीय री स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले गाउँपालिकाले हेलिकप्टरमार्फत काठमाडौँ रेफर गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले बताए ।

तामाङको स्वास्थ्य अवस्था थप जटिल भएकाले एयर डाइनेस्टीको हेलिकप्टरमार्फत प्रसुती गृह थापाथली पठाइएको संयोजक अधिकारीले बताए । गाउँपालिकाले सञ्चालन गरेको ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क हवाई उद्धार निर्देशिका २०७७ अनुसार तामाङले निशुल्क सेवा पाएकी हुन् । यसअघि गंगाजमुना गाउँपालिका वडा नं. २ धुसेनीकी २४ वर्षीय सिमा तामाङलाई पनि हेलिकप्टरबाट उद्धार गरी सेवा प्रदान गरिएको थियो ।

गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई मध्यनजर गर्दै यस आर्थिक वर्षमा हवाई उद्धारका लागि ६ लाख बजेट विनियोजन गरेको छ । सात वटै वडामा जटिल समस्या भएका गर्भवती र सुत्केरी महिलालाई तत्कालै अस्पताल पु¥याई जीवन रक्षा गर्ने उद्देश्यले हवाई सेवा र तीनवटा स्वास्थ्य चौकीका लागि दुई वटा एम्बुलेन्स सेवा सुचारु गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक अधिकारीले बताए । गाउँपालिकाको यो कार्यक्रमले जटिल समस्या भएर गर्भवती तथा सुत्केरी महिलाको अकालमै हुनसक्ने सम्भावित मृत्यु र जोखिमबाट बच्न सक्ने र मातृ तथा शिशु मृत्युदर शुन्यमा झार्ने योजनालाई महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: