Fri. Mar 29th, 2024

धादिङमा थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि


३० बैशाख, धादिङ–


धादिङमा पछिल्लो २४ घण्टामा एक सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको नीलकण्ठ नगरपालिकाका ८९ जना, धुनीबेसी नगरपालिकाका ३ जना, गल्छी गाउँपालिकाका १८ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ४ जना, गंगाजमुना गाउँपालिकाका २ जना, गजुरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, सिद्धलेक गाउँपालिकाका १/१ जना र पालिका नखुलेका ४ जना गरी कुल १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। आज जिल्ला भित्र एक सय ५ र जिल्ला बाहिरको पोजिटिभ केश १९ रहेको छ।

यससँगै जिल्लामा सक्रिय केश ९ सय २२ पुगेको छ । संक्रमित मध्ये ६ सय ८८ जना जिल्ला भित्रका आइसोलेसनमा र २ सय ३४ जना जिल्ला बाहिरका विभिन्न आईसोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने २ हजार ५५३ पुगेको छ । विहिबार २० जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।

२०७८ बैशाख ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: