Fri. Apr 19th, 2024

उद्योग बाणिज्य संघ धादिङका अध्यक्ष खत्रीले जिल्ला अस्पतालका २० थान अक्सिजन सिलिण्डर भरिदिने

जेठ २, धादिङ-

उद्योग बाणिज्य संघ धादिङका अध्यक्ष रुद्र बहादुर खत्रीले कोभिड १९ का सिकिस्त विरामीहरुको लागि आवश्यक पर्ने २० थान अक्सिजन सिलिण्डर भर्ने खर्च बेहोरिदिएका छन् ।

कोभिड १९ का सिकिस्त विरामीहरुको उपचारको लागि जिल्ला अस्पताल धादिङले संचालन गरेको आइसोलेसन सेन्टरमा भइरहेको अक्सिजनको अभावलाइ परिपुर्ति गर्ने सोच अनुरुप आफ्नो जन्म दिनको अवसर पारेर २० थान अक्सिजन सिलिण्डर भर्ने खर्च (१२ हजार १ सय) जिल्ला अस्पताललाइ प्रदान गरिएको खत्रीले बताए ।

खत्री स्वयं मोटरसाइकल दुर्घटनामा परेर घाइते भइ घरमै आराम गरिरहेका छन् । उक्त सहयोग रकम श्रीमती र छोरीले अस्पतालमै पुगेर हस्तानतरण गरेका हुन ।

अक्सिजनको अभावमा अन्य जिल्लामा नागरिकहरुले ज्यान गुमाउनु परेको समाचार आइरहेका बेला जिल्लामा त्यस्तो घटना नहोस भन्ने हेतुले थोरै भएपनि सहयोग मिलोस भन्ने लागेर नगद सहयोग गरिएको अत्रीले बताए ।

हाल जिल्ला अस्पतालमा विभिन्न संघ सस्था, ब्यवसायीहरुको पहलमा अक्सिजन सिलिण्डर खोजी गरी प्रदान गर्ने र भर्ने काम भइरहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: