Fri. Apr 19th, 2024

नेपालमा निर्वाचनको इतिहास र परिवर्तन

राहुलराज अधिकारी

नेपालको इतिहासमा वि.स. २००४ भन्दा पहिले मतदान सहितको निर्वाचन भएको देखिदैन। पहिलो पटक वि.स.२००४ जेठ ३ गते तत्कालीन प्रधानमन्त्री पदम शमशेर जबराले म्युनिसिपल निर्वाचन गराएर यसको थालनी भएको देखिएको छ।त्यस निर्वाचनमा महिलालाई मताधिकार दिइएको थिएन। त्यसपछि वि.स.२०१० भदौ १७ मा पहिलो पटक महिला मतदाता सहित काठमाडौ नगरपालिकाको निर्वाचन भएको थियो जसमा मेयर जनक श्रेष्ठ बिजयी भएका थिए । त्यसपछि वि.स. २०१४ माघ ७ मा प्रथम स्थानिय निर्वाचन सम्पन्न भएको थियो। यसमा काठमाडौ नगरपालिका बाहेक सबै जिल्लाका स्थानीय तहमा निर्वाचन भएको थियो। वि.स. २०१५ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन तत्कालीन प्रम सुवर्ण शम्सेरको अध्यक्षतामा नेपालमा पहिलोपल्ट प्रतिनिधि सभाको निर्वाचन भएको थियो । जम्मा १०९ सदस्य प्रतिनिधि छनोटको लागि ४५ दिन (२०१५ फागुन ७ देखि २०१५ चैत २१) सम्म निर्वाचन गराइएको थियो । जसमा नेपाली काङ्ग्रेस ७४ सिट सहित बहुमत मा बिजयी हुदा गोर्खा परिषद १९ सिट सहित प्रतिपक्षी दल भएका थिए।

नेपाल अधिराज्यको संविधान २०१५ अनुसार सम्पन्न निर्वाचन पछि बिपि कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री भएका थिए। त्यसपछि नेपालमा गाउँ पन्चायत निर्वाचन २०१८, अञ्चल पन्चायत निर्वाचन २०१९, गाउँ पन्चायत निर्वाचन २०२०, गाउँ नगर जिल्ला पन्चायत निर्वाचन २०३२ गरि जम्मा ४ पटक स्थानिय निर्वाचन सम्पन्न भयो। वि.स. २०३६ जेठ १० गते तत्कालीन राजा बिरेन्द्रले बहुदलीय वा निर्दलिय शासन व्यवस्था लागू गर्ने भनेर २०३७ बैशाख २० का लागि निर्वाचनको घोषणा गर्नुभयो । नतिजा बहुदलीय व्यवस्थाको पक्षमा ५४.७९% र बिपक्षमा ४५.२१ % आइसकेपछी नेपालमा बहुदलीय शासन ब्यबस्था सुरु भएको हो। कुल मतदाताको ६६.९२% ले मतदान गरेको यो निर्वाचनलाई जनमत संग्रह २०३७ को नाम दिइएको थियो।

वि.स. २०३८ मा गाउँ पन्चायत सदस्य्को निर्वाचन गराइएको थियो। फेरि वि.स. २०३९ बैशाख २८ र ३१ जेठ ३ र ४ गरि चार पटक गाउँ नगर पन्चायतको निर्वाचन भयो ।२०४३ चैत ७ र १० गते पुन गाउँ नगर पन्चायतको निर्वाचन भएको थियो। वि.स. २०४६ को जनआन्दोलनले राज्यमा धेरै परिवर्तन ल्याएको थियो जसले शासन प्रणालिमा समेत असर भएपछी बि स २०४८ मा २०५ प्रतिनिधि सभाका सदस्य चुन्ने गरि आम निर्वाचनको घोषणा गरियो। नेपाल अधिराज्यको संविधान २०४७ अनुसार सम्पन्न उक्त निर्वाचन वि.स. २०४८बैशाख २९ मा भएको थियो।जसमा नेपाली काङ्ग्रेस ११० सिटसहित बहुमतका साथ बिजयी हुदा नेकपा एमाले ६९ सिट सहित प्रमुख प्रतिपक्षी दल बनेको थियो। यस निर्वाचनपछि २ पटकमा ४ क्षेत्रमा उपनिर्वाचन भएको थियो। त्यसपछी वि.स. २०४९मा फेरि स्थानिय तहको निर्वाचन भएको थियो।

वि.स. २०५१ मा पुनः २०५ प्रतिनिधि सभा सदस्यकोलागी आम निर्वाचनको घोषणा भयो।बि स २०५१ कार्तिक २९मा सम्पन्न निर्वाचनमा कुल मतदाताको ६१.८६%मत खसेको थियो।जसमध्ये ८८ सिट सहित नेकपा एमाले प्रथम दल बन्न पुग्यो भने ८३सिट सहित नेपाली काङ्ग्रेस प्रतिपक्षी दल बनेको थियो।

त्यसपछी वि.स. २०५४ बैशाख २० र जेठ ४ गरि दुई चरनणमा स्थानिय तहको निर्वाचन भयो ।यस निर्वाचन पछि लामो समयसम्म स्थानिय तह नेतृत्वबिहिन बनेको थियो ।।

वि.स. २०५६मा फेरि एकपटक २०५ प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन गरियो । २०५६ बैशाक २० र जेठ ३ गरि २ चरणमा सम्पन्न भएको निर्वाचनमा १११ सिट सहित नेपाली काङ्ग्रेस फेरि प्रथम भयो भने ७१सिटसहित नेकपा एमाले दोस्रो ठूलो दल बनेको थियो।

वि.स. २०५१ लगत्तै भुमिगत राजनिती थालेका माओबादी र बि स २०५८मा राजा बिरेन्द्रको वंशनासपछि देश गम्भीर सङ्कटमा जान लाग्यो।तत्कालिन राजा ज्ञानेन्द्रले वि.स. २०५९ जेठ ८ गते प्रतिनिधि सभा बिघटन गरेपछी देश पुर्णरुपमा सङ्कटमा धकेलियो। एकातिर माओबादिको भुमिगत राजनिती अर्को तर्फ राजाको सम्सद बिघटन यी दुइको चेपुवामा परेको राज्यमा राजालाई मन परेको मान्छे छानेर प्रम बनाइन थालियो । वि.स. २०६१ माघ १९मा राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेको घोषणा दरबारबाट आइसकेपछि त्यतिबेलाको आन्दोलनरत सात दल र युद्दरत माओबादीबिच मङ्सिरमा १२बुदे सहमती भयो

वि.स.२०६२ फागुनबाट आन्दोलन सुरु भयो चैत बैशाखमा चर्कदै गरेको घाम जसरी आन्दोलन नि झन चर्को हुँदै गयो र अन्त्यमा २०६३ बैशाख ११ गते राजा ज्ञानेन्द्रले सम्सद पुनःस्थापना गर्नु भयो।।यसरी पुनःस्थापित सम्सदले २०६३ जेठ ४ गते राजदरबारको अधिकार कटौती गरि नेकपा माओबादीलाई समेत शान्ती प्रक्रियामा सम्लग्न गराई मुलधारको राजनितिमा बाटो खुल्ला गरिदिए।।

त्यसपछी वि.स. २०६४ चैत २८ गते पहिलो संबिधान सभाको निर्वाचन सम्पन्न भयो ।।जसमा पुराना दलहरुलाई पछि पार्दै नेकपा माओबादी २२९सिटसहित पहिलो दल बन्यो। नेपाली काङ्ग्रेस ११५, नेकपा एमाले १०८ र मधेसी जनाधिकार फोरम ५७सिट सहित क्रमश दोस्रो तेस्रो र चौथो भएका थिए।।जम्मा ६०१सिटका लागि निर्वाचन गरिएको थियो। नेपालको इतिहासमा पहिलोपल्ट सबैभन्दा धेरै ७४ दल सामिल भएका थिए ।यसै संविधानको पहिलो बैठक बि स २०६४ जेठ १५ बाट नेपालमा २४० बर्षिय राजतन्त्रको अन्त्य भएको थियो।यस निर्वाचनपछि ६क्षेत्रमा उपनिर्वाचन भएको थियो।

त्यसपछी देशमा धेरै सरकार परिवर्तन भए तैपनी संविधान जारी गर्न नसकेपछी २०६९मा दलिय सहमतिबाट पुर्वप्रधानन्यायाधीश खिलराज रेग्मिलाई प्रमको जिम्मेवारी सुम्पियो । र उहाकै नेतृत्वमा २०७० मङ्सिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भयो जसमा ६०१सिटको लागि मतदान भएका थिए । नेपालि काङ्ग्रेस २०६ सिटमा बिजयी भइ पहिलो पार्टी बन्दा नेकपा एमाले १८४ सिटसहित दोस्रो र नेकपा माओबादी ८३सिटसहित तेस्रो भएको थियो। नेपालको इतिहासमा पहिलोपल्ट तेस्रोलिङ्गी उमेदवारले भाग लिगेको निर्वाचन हो यो। यस निर्वाचनको ४ उपनिर्वाचन गरिएको थियो।

वि.स. २०७२असोज ३गते तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले नेपालको विद्यमान संविधान (७औ) घोषणा गर्नुभयो । २ तिहाई सदस्यबाट पारित संविधान मधेसी दलहरुले भने बिरोध गरेका थिए। ३५ भाग र ३०८धारा अनि ९ अनुसुची रहेको यो संविधान बिश्वकै सबैभन्दा कान्छो संविधान पनि हो।

यसै संविधान कार्यान्वयन हेतु तत्कालिन प्रम शेरबहादुर देउवाले स्थानिय ,प्रदेश सभा र प्रतिनिधि सभा गरि तीन तहको निर्वाचनको घोषणा गर्नुभयो जसमा २०७४ बैशाख ३१गते गते पहिलो चरण असार १४गते दोस्रो चरण र असोज २गते तेस्रो चरणको निर्वाचन भएको थियो ।।जसमा नेपाली काङ्ग्रेस र माओबादी केन्द्रको गठबन्धन थियो ।नेकपा एमाले स्थानिय तहको निर्वाचनमा सबैभन्दा बढी तहमा बिजेता बनेको थियो।

त्यस्तै २०७४ मङ्सिर २० र मङ्सिर २१गरि दुई चरणमा प्रदेस तथा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भयो जसमा प्रतिनिधि सभा सदस्य २७५रहने गरि निर्वाचन भएको थियो ।।नेकपा एमाले १२१ सिट सहित पहिलो दल बन्दा ६३सिटसहित दोस्रो र माओबादी केन्द्र ५३सिटसहित तेस्रो दल बनेका थिए।

यसैगरी पहिलो पल्ट संघियतामा आधारित प्रदेस सभा सदस्यको निर्वाचनमा समेत ५५०सदस्य छनोटको लागि मतदान भएका थिए । सातैवटा प्रदेसमा सम्पन्न भएको निर्वाचनमा नेकपा एमालेले २४३सिट नेपाली काङ्ग्रेसले ११३ र माओबादी केन्द्र्ले १०८ सिट जितेका थिए।

त्यसपछी नेपालमा बामपंथी एकीकरण भइ तत्कालीन एमाले र माओबादी केन्द्र मिलेर नेकपाको सरकार गठन भयो।।दुई तिहाइको सरकारमा केपि ओलिलाई प्रधानमन्त्रीको जिम्मा दिइयो ।।दुई अध्यक्ष रहेको नेकपा पछिल्लो समयमा विभिन्न कुरामा बिबाद हुँदै बिभाजनको सङ्घारमा पुग्यो।।अध्यक्ष प्रचन्ड र सदस्य माधव कुमार नेपाल र झलनाथ खनाल अध्यक्ष एवम प्रधानमन्त्री केपि ओलि सङ्ग रुष्ट बनेपछी गुटिय राजनिती सुरु भयो।यसरी आन्तरिक किचलोमा अल्मलिएको सरकार पक्षले काम गर्न बाधा अड्चन पुर्याएको भन्दै २०७७ पुस ५गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा साम्सद बिघटनको घोषणा गरियो।।चौतर्फी बिरोध भए प्रतिपक्ष र असन्तुष्ट पक्ष नागरिक अगुवाहरु समेत सर्वोच्चको फैसला माग गर्न थालेपछि सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुनस्स्थापना गरिदियो।

२०७७ फागुन ११मा प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबरा र अन्य अधिबक्ताहरुको छलफलपछी बिघटिट साम्सद पुनस्स्थापना भयो।।त्यसपछी नेकपा दुई धारमा बिभाजित भइ राजनिती गर्न थाले एकाअर्कालाई आरोप प्रत्यारोपको राजनिती चलिरहदा प्रधानमन्त्रीले अर्को पक्षलाई र अर्का पक्षले प्रमका पक्षलाई कारबाही गर्ने प्रक्रिया चलिरह्यो।।आ आफ्नो शक्ति पर्दशनको खेल चलिरहदा केही साम्सद यता उता बाडिए पनि।।यसै क्रममा २०७८ बैशाख २७मा प्रधानमन्त्रीद्वारा आफुलाई बिश्वासको मत माग्ने कार्यक्रम भयो र आफ्नै पार्टिको असहयोग र बिपक्षी गठबन्धनका कारण उनी चुक्न पुगे।।त्यसपछी फेरि राजनिती अस्थिरतातर्फ धकेलियो।।बाग्मती प्रदेसको राष्ट्रिय सभाको चुनावमा काम चलाउ प्रधानमन्त्री पक्षका उमेदवार राम बहादुर थापालाई ९त्यसै दिन बिहान गृहमन्त्री पद बाट हटाइएको सर्बोच्चको निर्णय०पार्टिभित्रबाट असहयोग भएको भनेर प्रमले पार्टी क्याबिनेट मिटिङ्ग राख्नुभयो।।त्यसको भोलिपल्टै प्रेस कन्फरेन्स गरेर आफू सङ्ग बिश्वासको मत नपुग्ने हुनाले मार्ग प्रसस्त गर्ने भनिएतापनि प्रतिपक्षी दलका सभापति सहित अन्य दलका सदस्यको हस्ताक्षर गरि प्रमको दाबी गर्न जादा प्रम स्वयम् बहुमतको दावा गरि हस्ताक्षर बोकेर राष्ट्रपति निवास पुगेपछी राष्ट्रपतिद्वारा दुबै पक्षमा स्पष्ट बहुमत नपुगेकोले प्रतिनिधि सभा बिघटन र मध्यावधी चुनाबको घोषणा गरिएको छ।।जुन निर्णयको र राष्ट्रपतिको चौतर्फी आलोचना हुन थालेको छ।

यसरी नेपालको गर्विलो राजनितिमा महत्त्वपूर्ण भुमिका भएको निर्वाचन प्रणालीले ठुला परिवर्तन ल्याएको ईतिहास छ । के अहिलेको सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन होला त र भयो भने मुलुक परिवर्तन गर्न कस्तो भुमिका होला यो निर्वाचनको ?

About The Author

Loading...