Fri. Apr 19th, 2024

धादिङका किसानलाई यस बर्ष पनि मलकै चिन्ता

२० जेठ, धादिङ –
धानको बीउ राख्ने समय सुरु भएसँगै धादिङका किसानहरु मल नपाइने चिन्तामा छन् । यसपटक पनि मलको अभाव हुने भन्दै किसान चिन्तित भएका हुन् ।

गत वर्ष कोरोना महामारीकोसमेत बेवास्ता गर्दै किसानहरू मल लिन निकै लामो लाइन बस्नु परेको थियो । बुधबार पनि सदरमुकामस्थित निलकण्ठ सहकारीमा मल किन्न किसानहरुको भिड नै लाग्यो । मल वितरण गर्ने भन्ने थाहा पाएपछि किसानहरुको विहानेदेखी सहकारीको प्राङ्गणमा भिड लागेको थियो ।

जिल्लामा किसानको हातमा मल वितरणको जिम्मा विभिन्न कृषि सहकारीलाई दिएको छ । स्थानीय तहलाई तोकिदिएको कोटाका आधारमा स्थानीय तहले सिफारिस गरेको विवरणका आधारमा मल उपलब्ध गराउने गरिएको छ । यस वर्ष पनि सहकारीहरुमा मल लिन तथा मलका बारेमा चासो राख्ने किसानहरू देखिन थालेका छन् ।

सहकारीमा उपलब्ध भएको १ सय बोरा मल १ बोरा ५/५ जनालाई १० किलोको दरले वितरण गरेको निलकण्ठ सहकारी संचालक समितिका उपाध्यक्ष खगेन्द्र कोइरालाले जानकारी दिए । मल एक सय बोरा मात्रै आएकाले धेरै किसान रित्तो हात फर्किन परेकोे कोईरालाले जानकारी दिए ।

धादिङमा कोरोना संक्रमितको संख्या दिनानु दिन बढिरहेकाले सहकारीहरुले अव्यवस्थीत रुपमा मल लगायत कृषि सामाग्राीहरु वितरण गर्दा कोरोनाको जोखीम बढेको स्थानियहरुले बताएका छन् ।

कृषि सामाग्री संस्थान गजुरीले भने

गत वर्ष जस्तो यो वर्ष मल अभाव नहुने बताएको छ ।

किसानको माग बमोजिम मल उपलब्ध गराउन नसकेपनि गत वर्षको तुलनामा यस वर्ष बढि मल वितरण भईसकेकाले यो वर्ष विगतका वर्षहरुमा जस्तो समस्या नपर्ने

सस्थान गजुरीका कार्यालयका प्रमुख विनोद शर्माले बताए ।

निषेधाज्ञाका कारण कृषकका मागलाई मध्यनजर  गर्दै हप्तामा २ दिन मल वितरण गर्ने गरिए

को शर्माले बताए ।

जिल्लामा कृषि संस्थान गजुरीमा सूचिकृत ९५ ओटा सहकारीले मल वितरण गर्दै आईरहेको छ । धादिङ जिल्लामा वार्षिक ३ हजार मेट्रिकटन यूरिया मल, ९ सय मेट्रिकटन डिएपी र ५५ मेट्रिकटन पोटास मलको माग हुनेको गरेको छ । नेपाल सरकारले किसानहरुको लागि अनुदानमा दिएको मल कृषि सामाग्री संस्थान गजुरीले अनुदानको मल सहकारी मार्फत वितरण गर्दै आएको छ ।

२०७८ जेष्ठ २० गते प्रकाशित ।

About The Author

Loading...

अन्य समाचारहरु: