Mon. Apr 21st, 2025

नेपालीले उधारो नतिर्दा चिनियाँ सीमा नाका खुलाइएन

nepal-china-border
 काठमाडौ   – सरकारले चिनियाँ नाका खुलाउन पहल नगरेको भन्दै ब्यवसायीले काठमाडौ उपत्यकाका केही थोक बजार बन्द गरे पनि नाका खुल्न नसक्नुको मुख्य कारण ब्यवसायी नै भएको खुलासा भएको छ ।

उधारो सामानको भुक्तानी नगर्दा चिनियाँ पक्षले नाका बन्द गराएर दबाब सिर्जना गरेको रहस्या केही ब्यवसायीले खोलेका छन् ।नियमित ब्यापारका बेला नेपालीले खासा ब्यवसायीसँग उधारो र ट्रान्सपोर्टरसँग महंगो ब्याजमा ऋण लिएर कारोबार गर्दै आएको  छ ।

भूकम्पका कारण चीन र नेपाल दुबैतर्फका सडक पूर्वाधार भत्किँदा चीनले नाका नखोलेको बताइँदै आए पनि मुख्य कारण त्यो नरहेको केही नेपाली ब्यवसायीले जनाए । वैशाख १२ को भूकम्पयता नेपाली ब्यवसायी सम्पर्कमा नआएपछि रुष्ट भएर चिनियाँ ब्यवसायीले सामान रोकेको उनीहरु बताउँछन् ।

चिनियाँले भुक्तानीको विषयलाई आधिकारिक रुपमा नबताए पनि हरेक छलफलमा यसबारे कुरा उठाउँदै आएका छन् ।
चिनियाँ पक्षले अघोषित रुप्मा उधारोको विषय उठाइरहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव अर्जुन गौतमले बताए । कारोबार दैनिकबाट

About The Author

अन्य समाचारहरु: