Tue. Dec 3rd, 2024

भोकमरी चेपाङ बस्तीमा क्याप्टेनको सहयोग

छाक टार्नै समस्यामा परेका बेनिघाट रोराङ गाउँपालिका–८, का चेपाङ परिवारमा राहत वितरण गर्दे क्याप्टेनहरुको टोली । तस्बिर : शंकर श्रेष्ठ

२६ जेठ, धादिङ

छाक टार्नै समस्यामा परेका बेनिघाट रोराङ गाउँपालिका–८, का चेपाङ परिवारले खाद्यान्न राहत पाएका छन् ।
मंगरबार क्याप्टेन (पाइलट) रमेश श्रेष्ठको संयोजकत्वमा नेपाल लगायत देश विदेशमा रहेका क्याप्टेन र कष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान काठमाडौले २ लाख ५६ हजार बराबरको खाद्यन्न सहयोग गरेको हो ।

मिजारगाउँ, दाङमाङ र बिदाङका एक सय २० परिवारलाई एक बोरा चामल, खानीतेल, दाल, चिउरा, साबुन, सिटामोल लगायतको सहयोग सामाग्री वितरण गर्न क्याप्टेनहरुको टोली गाउँ नै पुगेका थिए ।

यति एयरलायन्सका क्याप्टेन, प्रमोदराज पौडेल, रमेश श्रेष्ठ, नेपाल एयरलायन्सका एस.के धवाजु, प्रदिपराज भण्डारी र श्री एयरलायन्सका रोशन केशी, साङ्गे शेर्पा विपन्न परिवारलाई राहत लिएर गाउँ नै पुगेका थिए । क्याप्टेनहरुसँग सम्पुर्ण भिजा सोलुशनका लिला मास्के, स्काउटका एसिस्टेन लिडर ट्रेनर गुणाराज प्याकुरेलपनि राहत वितरण गर्न बिदाङ गाउँ पुगेका थिए ।

क्याप्टेनहरुले आफ्नो खर्च कटाएर विपन्न परिवारलाई सहयोग गरिएको बताएका छन् । केही रकम युएस, क्यानडा, युके, अस्टे«लिया लगायतका देशका क्याप्टेनहरुसँग पनि समन्वय गरेर सहयोग सामाग्री वितरण गरिएको क्याप्टेन रमेश श्रेष्ठले बताए ।

क्याप्टेनहरुले गाउँमा पु¥याएको राहत वडा अध्यक्ष बिरबहादुर श्रेष्ठ, चेपाङ संघ धादिङका अध्यक्ष भीम चेपाङ सहितको उपस्थितिमा वितरण गरिएको हो । चेपाङ परिवारले स–साना छोराछोरीले टाँकीको मुन्टा खाएको नुनिलो थाल चाट्दै गरेको कारुणिक फोटो र भिडियो सहितको समाचार संचार माध्याममा देखेर गाउँसम्म सहयोग लिएर आएको बताएका छन् ।

यहाँका स्थानीयलाई मुस्किलले पाँच महिना खान पुग्छ । बाँकी समय यस क्षेत्रका अधिकांश परिवारले पेटभरी खान पाउँदैनन् । निषेधाज्ञाका कारण दैनिक ज्यालादारीको काम पनि रोकिएकोले पनि अघिल्लो वर्षहरुमा भन्दा यस वर्ष चरम भोकमरीको चपेटामा परेका छन् ।

About The Author

अन्य समाचारहरु: