Tue. Aug 3rd, 2021

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अझै भारी बर्षा हुने

धादिङ – पछिल्लो समयमा नेपालमा सक्रिय रहेको मनसुनका कारण केही दिनयता लगातार पानी परिरहेको छ।

मौमस पूर्वानुमान महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा अझै एक-दुई दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाकी मौसमविद् मन्जु वासीका अनुसार यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने क्रम अझै एक-दुई दिन रहनेछ।

देशका अरू भू-भागमा पनि पानी पर्ने क्रम भने जारी रहनेछ। ‘पहिरोको जोखिम भएका बस्ती र नदी छेउका मानिसहरूलाई सचेतता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान:
बुधबार, बिहीवार र शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

रातीको समयमा देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, प्रदेश न.१ र वागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

Loading...

अन्य समाचारहरु: