Tue. Aug 3rd, 2021

धादिङ अस्पतालमा आफ्नै अक्सिजन

धादिङ – धादिङ अस्पतालले आजबाट आफ्नै अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ ।

प्लान्ट संचालन गरेसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पुर्‍याइएको छ । प्लाण्टले प्रतिमिनेट ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने

मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए ।

प्लान्ट संचालनको लागि भ्याट बाहेक ४० लाख रुपैयाँ लगानी भएको अस्पतालले जनाएको छ ।

उत्पादित अक्सिजन पाईपलाईनबाट अस्पतालको आई.सी.यू. र अन्य वार्डमा रहेका बेडबेडमा पुर्‍याईएको छ ।

यस अघि निलकण्ठ नगरपालिकाले धादिङ्बेसीस्थित अस्थायी कोभिड अस्पतालमा मिनि अक्सिजन प्लान्ट जडान गरि संचालनमा ल्याएको छ ।

Loading...

अन्य समाचारहरु: