Tue. Aug 3rd, 2021

धादिङ अस्पतालको अक्सिजन प्लान्ट औपचारिक उद्घाटन

धादिङ – धादिङ अस्पतालले जडान गरेको अक्सिजन प्लान्टको बिहिबार औपचारिक उद्घाटन गरिएको छ ।

वागमती प्रदेशका सामाजिक विकास राज्यमन्त्री एवम् धादिङका प्रदेश सांसद डा. रामकुमार अधिकारीले उद्घाटन गरेका हुन् । प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै अधिकारीले अस्पताल सुविधा सम्पन्न बनाउन आवश्यक यन्त्र उपकरणहरु उपलब्ध गराउन पहल भइरहेको बताए । हाल देखिइरहेको जनशक्ति अभावको समस्या प्रदेश सरकारले हल गर्ने मन्त्रि अधिकारीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

अक्सिजन प्लान्टले ५ देखि ९० लिटरसम्मको अक्सिजन उत्पादन गर्ने र एक दिनमा १ देखि २५ वटा सम्म अक्सिजन सिलिण्डर भर्न सकिने छ । प्लान्टबाट १० वर्षसम्म अक्सिजन उत्पादन गर्ने बताइएको छ ।

Loading...

अन्य समाचारहरु: