Fri. Mar 29th, 2024

विभेद होइन विशेषता : सिकौ र सिकाऔ

जयकृष्ण श्रेष्ठ ‘विकिरण’

केहि दिन यता बिभिन्न पत्र–पत्रीका,सामाजिक सन्जाल देखि बिभिन्न व्यक्ति हरुका बिच हाम्रो समाज मा रहेको भनिएको जातिय विभेद(मेरो लागि विशेषता) का बारेमा विभिन्न टिका टिप्पणि भैरहेका छ्न तर,म चुपचाप बस्नै चाहेको थिएँ । केहि नलेखौँ केहि नबोलौँ भन्ने नै थियो मनमा,तर यि र यस्ता घटना हिजो पनि आए,आज आयो र भोलि पनि कुनै न कुनै रुपमा आईरहनेनैछ । त्यसैले,कोहि कसैको लागि भन्दा पनि आफ्नै आत्माको लागि भएपनि लेख्दैछु । आत्मै देखि लेख्दै छु ।

सबै भन्दा पहिले मेरो लागि चै जात,धर्म,लिङ्ग अनि वर्ण बिच बिभेद छ भनेर जजस्ले ब्रेन वाश गरे यो सब हामि बिच फुट ल्याउन फिँजाइएको एक स्लो पोइजन हो,एउटा यस्तो स्लो पोइजन जहाँ पक्षमा बोल्दा पनि र विपक्ष मा बोल्दापनि विवाद आउँछ र फुट आउँछ,हो अरुले यदि हामिमा फुट ल्याउनु छ भने यस्तै विषय रोज्छ्न जुन शत प्रतिशत सहि पनि देखिदैन÷ होइन होला र शत प्रतिशत गलत पनि भन्न सकिन्न्न ।

होला तर कुनै पक्ष ले त्यो शत प्रतिशत सहि नै देख्छन् र अर्को पक्षले त्यो शत प्रतिशत गलत नै देख्छ्न अनि द्वन्द सुरु हुन्छ,अनि द्वन्द जहिले पनि विकास, एकता र शान्ति विरोधि नै हुन्छ चाहे त्यो भौतिक होस या मानसिक नै होस ! त्यसैले हामिले जात,धर्म,लिङ्ग र वर्ण को बिचमा बिभेद छ भनेर कोहि कसैले स्विकार्नु हुँदैन र सिकाउनु पनि हुँदैन ।

बरु हाम्रा फरक फरक जात,धर्म,लिङ्ग र वर्ण बिच आ आफ्नै बिशेषता छ भन्ने चै बुझ्नु पर्छ,त्यहि कुरा नै एक अर्कालाई बुझाउनु पर्छ र एक पुस्ता बाट अर्को पुस्ता मा पनि विशेषता कै रुपमा हस्तान्तरण गरिनु पर्छ नकि बिभेद को रुपमा यी क्षेत्रीहरु ले क्षेत्रीय युद्ध लड्ने विशेषता,त्यहि लँडाईको लागि चाहिने हतियार बनाउन सक्ने बिशेषता भएका कामि हरुकै कारण आएको हो । यस्लाई हामिले बिभेद भन्ने होइन नि,सानो र ठुलो भनेको भन्ने होइन नि,यो त बिशेषता हो,त्यो हामि सबैले सिक्नु पर्छ । किनकि त्यो त जिवन उपयोगि सिप होनि होइन र ?

म केहि व्यवहारिक उदाहरण जुन देखेको सुनेको र पढेको भन्दा पनि म आफैले भोगेको हुँं,त्यहि सुनाउन चहान्छु । प्राथमिक तह (कक्षा५) मा मेरा बाहुन कुमाल दमै नेवार र सार्कि सम्पुर्ण साथि हरु हुनुहुन्थ्यो,उहाँहरु सँग खै त कहिल्यै ठुलो सानो को भाव आएन हामिमा हामि फुटबल खेल्न जाँदा प्लास्टिक बटुलेर डल्लो बनाएर खेल्थ्यौँ,तर यो सार्है झन झटिलो भयो ।

एकजना दमै साथि ले जुक्ति निकाले,उस्ले घरमा भएका कपडा का स साना टुक्रा हरु बटुलेर आफ्नो मोजा भित्र हालेर यस्तो मजाले सिलाएर ल्याए कि हामिलाई त्यो दिन देखि कागज प्लास्टिक बटुल्ने झनझट नै रहेन ! हामि हाफ्टाइम हुना साथ स्कुल भन्दा अलि परको चौर म गुरुरु कुदेर गै हाल्थ्यौँ । अनि खेल सुरु भै हाल्थ्यो,अब त्यो बिभेद हो त ? त्यो त उस्को विशेष क्षमता होइन,विशेषता होइन ?

उस्लाई त्यो आयो,उस्ले बनायो हामि ले जतन गरेर झोलामै राखेर हिड्यौ । म नेवार,अर्को कुमाल अनि अर्को साथि बसौला थियो,हामि घ जानै त्यो झोलामै राखेर घर लग्थ्यौ जतन सङ राख्थ्यौँ । हामिले त कहिले बिभेद गरेनौ । तर,यदि हामिलाई त्यति बेलै कसैले त्यो सानो जात हो,त्यो ठुलो जात हो ,समाज मा सानो जाति र ठुलो जाति बिच बिभेद छ भन्ने कुरा को सट्टामा बरु आआफ्नो विशेषता हरु छ्न भन्ने कन्सेपट दिन सक्नु पर्थ्यो ।

सङगै खेल्ने दमै साथि को जात सानो भएको कारण,पछि परेको कारण भन्दै विद्यालय ले छात्रवृत्ति दिनु को सट्टामा वहाँ हरुको समाज र देशको लागि गर्नु भएको विशेष योगदान को कारण,सम्मान स्वरुप यो विशेष सहयोग रास्ट्र ले प्रदान गरेको हो भन्ने सकेको भए अहिले यदि कसैमा यो सोच बाँकि नै रहने थिएन । हामिले होइन भन्नै पर्दैन थियो ।

प्राथमिक तह पछि ,नि .मा.वि तह मा पुगे पछि त झन दायरा फराकिलो भयो । मेरो साथि सङ्गति बढे,एक जना साथि जो अहिले सम्म पनि एक असल मित्र हुन,वहाँ को त म घरमै जान्थेँ किन कि स्कुल बाट नजिक अनि एकदमै मिल्ने बुबा पुरोहित हुनुहुन्थ्यो,तर वहाँको घरमा म मजाले बस्थेँ,साथि सङ्ग अङालो मारेरै जान्थेँ,कोठामा चोटामा मोहि दिनुहुन्थ्यो,साथिलाई र मलाई एकै ठाउँबाट गिलास झिकेर,एउटै भाँडो बाट मोहि झिकेर एकै ठाउँमा बसेर पिउन दिनुहुन्थ्यो ।

भान्सा कोठा पुरै सफा हुन्थ्यो त्यहाँ त उहाहरु स्वयम पनि नुहाई धुहाइ नगरि,लुगा नफेरि छिर्नु हुन्थेन । मैले त्यहीँ बाट हिन्दु दर्शन र यस्ले सिकाउन खोजेको कुरा र यस्लाई किन मान्छे ले गलत बनाउन खोजे भनेर धेरै कुरा हरु सिकेँ ।

तर जति सिकेँ त्यो भन्दा धेरै राम्रो रहेछ हाम्रो दर्शन,हाम्रो धर्म मैले सिकेको एक थोपा रहेछ,सिङ्गो समुन्द्र त अझै बाँकि नै छ बुझ्न लाई अनि मेरो साथि जहिले पनि मलाई सारा कुरा हरु सिकाउँथ्यो अनि भन्थ्यो,अब बुझ पढ तिमि आफै स्वतन्त्र छौ,अध्ययन गर अनि सहि गलत आफ्नै ब्रम्ह ले छुट्ट्याउ मलाई गर्व छ त्यो स्तरका साथि सङ्गति पनि जिबन मा भेटियो,नभए नाम नै दिन्छु म रोशन सिलवाल अनि परिक्षा जस्तो समयमा पनि आफुले नलेखि नलेखि मलाई नै लेख्न दिने साथि थिए,राम बहादुर विक,अब म कुन साथि लाई ठुलो साथि मानौँ र कुन साथि लाई सानो साथि मानौँ ? मेरा लागि त दुबै साथि बराबर हुन र अहिले सम्म दुबै जना सङ्ग उत्तिकै नजिक पनि छु ।

त्यसपछि मैले बुँझे यो गलत जात को कारण होइन,मान्छे को आफ्नै स्वभाव का कारण हुन्छ र यो व्यक्तिगत कुरा हो! म लोभि छु भने त्यो मेरो व्यक्तिगत कुरा हो,मेरो कारण नेवार लोभि भनेर जातमा जानु हुँदैन । मेरो साथि असल थियो तर,बाहुन भएको कारण असल भएको पनि होइन र बाहुन नभएकै भएर खराब पनि होइन,त्यो त उस्ले पाएको संस्कार र उस्को व्यवहार को कारण हो । अब,उनिहरु लाई पहिल्यै देखि असल संस्कार सिकाइएको छ अनि ?

हामिले त्यो बिशेषता को रुपमा ग्रहण गर्ने हो कि बिभेदको रुपमा । त्यसैले मलाई त सविंधान ले दिएको आरक्षणकै कुरा प्रति पनि गुनासो छ । दलित,हेपिएका चेपिएका र पिछ्डिएका जात र वर्ग र समुदाय भनेर नदिऔँ न फरक विशेषताको सम्मानमा दिऔँ,देश र समाजमा योगदान दिएका कारण दिऔँ ।

सकिन्छ भनेअझै धेरै थपेरै दिऔँ, किनकि वहाँ हरुको योगदान अतुलनीय छ,चाहे त्यो वर्तमान समयको कृषिमा होस ऐतिहासिक नेपालको एकीकरणमै किन नहोस । मानिस ठुलो दिलले हुन्छ जात ले हुँदैन । महाकवि लक्ष्मिप्रसाद देवकोटाकोले यो व्यक्तिगत क्षमता र बुझाईको आधारमा सबैको विशेषता को सम्मानका लागि भन्नु भएको हो । साँच्चै न मानिस आफ्नो सोच,विचार,प्रतिभा र विशेषताको कारण ठुलो हुन्छ न कि जन्मदै आएको जात ले ।

अन्तमा मेरो भन्नु यत्ति छ,
हामिमा विभेद होइन,विशेषता छ भन्ने सोचौँ र
यसरि सम्मान पुर्वक सोचको हस्तान्तरण एक पुस्ता बाट अर्को पुस्तामा गरौँ ताकि एकले अर्काको फरक बिचारको सम्मान गरुन र विशेषताको रुपमा स्विकारुन,न कि ठुलो र सानो भनेर बिभेद सिकुन ।
लेखक त्रिपुरासुन्दरी १ धादिङ (हाल दोहा कतार)

email : [email protected]

२०७८ असार ११ गते प्रकाशित

About The Author

Loading...