Wed. Sep 22nd, 2021

वान हार्टले दियो धादिङलाई २१ लाखको स्वास्थ्य सामाग्री

धादिङ – वान हार्ट वल्डवाइडले धादिङका स्थानीय तहलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको छ । माक्स, ग्लोब्स, प्लास्टिक व्याग, अक्सिमिटर लगायत १२ किसिमका स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको हो ।

स्वास्थ्य कार्यालय मार्फत जिल्लाका १३ वटै स्थानीय तहलाई २१ लाख बराबरको स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइएको वान हार्टका एजुकेटिभ डाइरेक्टर सुर्य भट्टले बताए ।

जिल्ला जिल्लामा पुगेर स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गर्दै आएको बताउँदै भट्टले कोभिड दोश्रो महामारीमा मात्रै विभिन्न जिल्लामा गरी २५ करोड बराबरको सहयोग गरिसकेको जानकारी दिए ।

वानहार्टले धादिङमा विगतदेखि नै मातृशिशु मृत्युदर न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको छ । वान हार्टले देशका १९ जिल्लामा काम गरिरहेको छ ।

वान हार्टले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामाग्री केही स्थानीय तहलाई उपलब्ध गराइसकिएको र केही स्थानीय तहलाई पु¥याउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पौडेलले जानकारी दिए ।

जिल्लामा स्वास्थ्य सेवामा पहुँच बढेको भएपनि गुणस्तरमा अझै सुधार आवश्यक रहेको छ । पुर्वतयारी नहुँदा विपद् परेको बेला ठूलो क्षती हुने गरेको छ ।

Loading...