Thu. Mar 28th, 2024

धादिङ अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग


धादिङ – धादिङ अस्पताललाई १० लाख ७६ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको छ ।

जर्सी ओभरसिज एड र हयाण्डीक्याप ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा अपांगकल्याण संघ धादिङले सहयोग गरेको हो । कोभिड–१९ प्रतिकार्य सहायता कार्यक्रम अन्र्तगत धादिङ अस्पताललाई शुक्रबार कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको हो ।

अपांग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाले प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको रोहवरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमाला र मेसु डा।त्रिभुवन चन्द्र झालाई १० लाख ७६ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्

अक्सिजन कन्सटे«टर, पल्स अक्सिमिटर, मास्क, फेस शिल्ड, पिपिई, अक्सिजन सिलिण्डर, टिभि, एलईडी बोर्ड लगायतको स्वास्थ्य सामग्री सहयो गरिएको अध्यक्ष खतिवडाले बताए । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्रा झा ले विरामीहरुको आपतकालिन तयारी र प्रतिक्रिया योजनाको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: