Tue. Aug 3rd, 2021

केहि प्रश्नहरु समाजका लागि

जयकृष्ण श्रेष्ठ ‘ विकिरण ’

आजभोलि का हरेक सन्चार माध्यम र समाजिक सन्जाल मा सुनिरहेको केहि दु;खद समाचारहरु हुन,कोभिड महामारिको प्रकोप,प्राकृतिक प्रकोप र त्यस्ले निम्त्याएको भौतिक तथा मानवीय क्षति,चोरि डकैति,बिभिन्न प्रकारका हिंसा,अपहरण,बलात्कार अनि हत्या ।

अरु सुन्दा जति दुख लाग्छ त्यो भन्दा बढि दु;ख र दुःख भन्दा पनि बढि आक्रोस उत्पन्न हुने विषय हो,एउटि नारि को अपहरण अनि बलात्कार गरि उनि हरुको हत्या कति सजिलै अपहरण गरिन्छ एउटि नारिको ? कति सजिलै बलात्कार गरिन्छ एउटा नारिको ?कति सजिलै मारिन्छे एउटा नारि?कति सजिलै सकिन्छ एउटा नारि को यो जिन्दगि ?

एउटिछोरिलाईजन्माएर,हुर्काएर,शिक्षा,दिक्षा दिएर उनिहरु लाई एउटा सिङ्गो सपना र लक्ष्यको हकदार बनाउन दिन रात अहोरात्र खटिरहनु भएका ति तमाम बुबा आमा हरुको मन,आफ्नै आँखा अगाडि त्यसरि बलात्कार पछि विभत्स हत्या हुँदा कत्ति दुख्दो हो?आत्मा कत्ति रुँदो हो?मनले कत्ति सराप्दो हो त्यस्ता पापि र निच कु–कर्म गर्ने हरु लाई?जुन सुकै र जत्ति सुकै कठोर भन्दा पनि कठोर सजाय पनि कम हुन्छ यस्ता रक्त पिपासुहरुलाई ।

मेरो एउटा कलिलो मुना जस्तै भर्खर १० महिना लाग्दै गरेकि छोरि छिन,छोरि लाई हेर्छु,एक्छिन मै मुसुक्क मुस्कुराउँछे मानौँ कि उस्ले हामि लाई देखेर सबै कुरा भुलेकि छे,अनि फेरि एक्कै छिन मा चिच्याएर रुन्छे मानौँ कि उस्लाई डर छ भविस्य प्रतिको कत्ति चन्चले छिन,चकचके छिन,कत्ति निर्दोष छिन अनि छोरिको मुहार हेर्छु–एक असुरक्षित चेहरा,एक विवश चेहेरा,अनि सोच्छु यिनै छोरि हरु असुरक्षित छ्न है ?

यिनै छोरिहरुको भविष्य असुरक्षित छ है ? यिनै छोरि हरुको आँखै अगडि त्यो हविगत पनि हुन सक्छ है ? म महसुस गर्छु,महसुस गर्न सक्छु,अभिभावकले आफ्नो सन्तान लाई देखेर आफ्नो पिडा र दुख कसरि भुलेको हुन्छ भनेर,अभिभावकको आफ्नो सन्तान प्रतिको माया कस्तो हुन्छ भनेर।तर,अहिलेको यि सबै अबस्था सम्झिएर मन भाव बिभोर हुन्छ र फेरि सोच्छु छोरि म तिम्रो लागि केहि गर्न सक्दिनँ । यो भन्दा बढि पिडाको कुरा के हुन सक्ला ? यो भन्दा बढि पिडाबोध केमा हुन सक्ला?एउटा देश र समाजको लागि यो भन्दा बढि लज्जाको बिषय नै के हुन सक्ला र ?

हुनत,धेरैले भनेको र भन्ने गरेको विषय हो,विदेशमा बसेर आफ्नो देश लाई तुलना गर्नु हुँदैन!विदेशको विकास हेरेर देश लाइ गालि गर्नु हुँदैन,केहि हदसम्म त यो कुरा सहि पनि होला या नहोला पनि,तर यहाँ बस्दा देखिने एउटा दृश्यले चै साँच्चै न मन बिझाउँछ नै हामि दिउँसो को ड्युटि जाँंदा होस या,रात को १२बजे बिहानको २/३ बजे ड्युटि जाँदा नै किन नहोस नारि हरु सडक हरु मै एक्लै निडर भएर निस्फिकृ हिँडिरहेका हुन्छ्न,अनि अनयासै मनमा आउँछ अरु विकास भए पनि नभएपनि, नेपालि चेलि हरु यसरि नै निडर भएर निस्फिकृ भएर हिँड्न सक्ने समाज,समय र परिवेश कहिले बन्ला ?

ड्युटि जाने बेला मा पनि बस मा २०–३० जना पुरुष हुन्छ्न उनि हरु एक्लै बसमा चढ्छ्न,महिला सिट खालि नै हुन्छ,यदि महिला नै नभएको कारण कोहि बसेकै भएपनि चुपचाप सिट छोडिदिन्छ्न,यस्तो दृश्य कहिले देखिएला मेरो देशमा ?मेरो देशमा त साँझ या रातमा हिँड्ने त परको कुरा,दिउँसो एक्लै समेत हिंड्न सक्दैनन ।

श्रीमान या आफ्नै दाजु भाई सङ्गै हिँड्दा पनि अरु पराईबाट सुरक्षित छैनन पराईको त कुरै अर्को भयो दुख का साथ भन्नु पर्छ आफ्नै परिवार,इष्टमित्र र साथिभाई बाट समेत सुरक्षित छैनन दु;ख लाग्छ,हामिले बनाउन खोजेको देश र समाज यहि नै हो र ? हाम्रो समाज दिनप्रतिदिन किन यसरि बिग्रदैँ– बिग्रदै गै रहेको छ?यसरि त हाम्रो समाज कहाँ पुग्ला?भविष्य कुन अबस्थाबाट गुज्रेला यो कुरा गम्भिर छैन ?

जस्तो सुकै कुरा हरु चाहे ति देश विकासगर्ने कुरा हरु हुन या देशमा घटेका अपराधिक घटनाहरुको अन्त्य गर्ने कुराहरु हुन,यि सबै कुराहरुका लागि मुख्यकुरा देशमा विद्यमान निति,नियम तथा कानुन नै हुन । तर त्यो भन्दा पनि मुख्य कुरा चै त्यस्को निस्पक्ष रुपमा हुने कार्यान्वयन नै हो!नेपालमा पनि बलात्कारि लाई कडा भन्दा कडा सँजाय को व्यवस्था गरिनु पर्छ तर त्यो भन्दा पनि अहम कुराचै जनतालाई उक्त कानुन निस्पक्ष र प्रभावकारि रुपमा लागु हुन्छ भन्ने प्रत्याभूति जनतामा हुनै पर्छ ।

जुन कुराको अभाव हामि सबैले महसुस गरेका छौँ । नेपालमा जे जति कानुन हरु छन ति सबैको कार्यान्वयन पक्षमात्रै बलियो हुने हो भने पनि यस्ता जघन्य अपराध हरुमा कमि आउन सक्छ्न र अर्को मुख्य कुरा भनेको जनतामा निहित नैतिक पक्षहरु नै हुन राज्यले नितिगत तह बाटै जनताको नैतिक मुल्य र मान्यतामा ह्रास आउने,नैतिक र चारितृक पक्ष ध्वस्त बनाउने तवरले जुन किसिमको शैक्षिक प्रणालि को विकास गर्दैछ त्यो अझ निकट भविष्यमा घातक सिद्ध हुने निश्चित प्रायः छ । त्यसैले कानुन तथा निति सहित नैतिकता मा पनि जोड दिनु पर्छ,जस्का कारण पनि यस्ता जघन्य अपराध हरु न्युनिकरण मा बल पुग्छ ।

ज्ञान,बुद्धि र विबेक कि देवि सरस्वति,सामर्थ्य र शक्ति कि देवि कालि अनि धन,दौलत र ऐश्वर्य कि देवि लक्ष्मि।यसरि स–सम्मान पुजा गरेर उनिहरुको खुट्टा ढोग्ने समाजमा फेरि हरेक दिन जिवित देवि हरुको बलात्कार अनि हत्याको यो शृङ्खला कहिले सम्म यो अन्तहिन,क्रुर निर्ममता कहिले सम्म शव्द हरुले मात्रै न्याय दिएर बिचरा भन्नु पर्ने दिन कहिले सम्म ? व्यवहारमै नारि प्रतिका ति तमाम हिंसाको अन्त्य हुन कति समय लाग्ला?प्रश्न सायद,अनुत्तरित नै रहलान ।

लेखक त्रिपुरासुन्दरी १ धादिङ (हाल दोहा कतार)
email : jkvikiran@gmail.com

Loading...