Tue. Aug 3rd, 2021

आयल निगमको १ रुपैयाँले रोकिएला त विद्यार्थी आन्दोलन ?

काठमाडौं– नेपाल आयल निगमले विभिन्न विद्यार्थी संगठनहरुको मागलाई सम्वोधन गर्न भन्दै पेट्रोलियम पदार्थमा १ रुपैयाँ मूल्य घटाएको छ ।

मुल्य बढाउदा १० रुपैयाँसम्मले बढाउदै आएको निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको हो । जसअनुसार पेट्रोल अब १२८ रुपैयाँ, तथा डिजेल र मट्टितेलको १११ रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको छ ।

बढाउदा १० रुपैयाँसम्म बढाउने निगमले घटाउदा १ रुपैयाँले घटाएर विद्यार्थी फकाउन खोजेको बुझिन्छ । नेपालमा पछिल्लो समय हरेक महिना पेट्रोलियम पदार्थको मूल्य बढाउदै आएको छ ।

निगमले लगातार मूल्यवृद्धि गरेकाे विराेधमा नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु लगायतले आन्दोलन गरिरहेका छन् । १ रुपैयाँ मूल्य घटाएपछि ५ विद्यार्थी संगठनको आन्दोलन स्थगित हुने निगमले अपेक्षा व्यक्त गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेकाले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्य नियमित समायोजन गर्नुपरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Loading...

अन्य समाचारहरु: