Thu. Mar 28th, 2024

सर्वोच्चबाट पुन:स्थापित प्रतिनिधिसभा बैठक आज ४ बजे

काठमाडौं – दोस्रोपटक पुन:स्थापित प्रतिनिधि सभाको बैठक आज बस्दै छ। सर्वोच्च अदालतको आदेशबाट पुन:स्थापित भएपछि पहिलोपटक बैठक बस्न लागेको हो।

आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने तय भएको छ । करीब साढे तीन वर्ष सत्तामा रहेको नेकपा एमाले यस पटक प्रमुख प्रतिपक्षीको हैसियतमा देखिने छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। तर, सर्वोच्चले उक्त विघटन असंवैधानिक भएको भन्दै पुन:स्थापना गरिदिएको हो।

संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आइतबार अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने छ । ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: