Fri. Mar 29th, 2024

एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिए

काठमाडौ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्। शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उनले पदबाटै राजीनामा दिएका हुन्।

२०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका थिए । रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए।

आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताइएको छ । उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए।

About The Author

Loading...

अन्य समाचारहरु: