काठमाडौ -पाकिस्तानमा तीन दिनमा लू का कारण मृत्यु हुनेको संख्या ४ सय ५० भन्दा बढिसकेको छ ।
पाकिस्तानको सिन्ध प्रान्तमा सबैभन्दा बढी ३ सय जनाले ज्यान गुमाएका छन् भने कराँचीमा करिब १ सय ५० जनाले ज्यान गुमाएका छन् ।
स्थानीय स्वास्थ्य विभागले मेडिकल इमरजेन्सीको घोषणा गरेको छ । सिन्धको स्वास्थ्य मन्त्रीले अस्पतालमा मेडिकल इमरजेन्सी घोषणा गरिएको र प्रबन्धकहरूलाई लू प्रभावित बिरामीका लागि छुट्टै बेडको व्यवस्था गर्न आग्रह गरिएको बताएका छन् ।
कराँचीमा केही दिनदेखी ४२ डिग्रीदेखी ४५ डिग्री सेल्सियसका बीचमा रहेको छ । शनिबार यहाँ सबैभन्दा बढी ४५ डिग्री सेल्सियस पुगेको थियो । यस्तै, आइतबार र सोमबार ४२ डिग्री सेल्सियस तापमान रहेको थियो । यसभन्दा १९३८ मा मे महिनामा कराँचीमा सबैभन्दा गर्मी भएको थियो । त्यसबेला त्यहाँको तापक्रम ४८ डिग्री सेल्सियस पुगेको थियो ।