Fri. Apr 19th, 2024

९ हजारले लगाए आज धादिङमा भेरोसिल

धादिङ– कोरोना रोकथाममा सरकारको अभियान अन्तर्गत आज धादिङमा ९ हजार ३ सय ६३ जनाले कोरोना विरुद्धको भेरोसिल खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर ६४ ओटा केन्द्रबाट ४ हजार ५ सय ७३ जना महिला र ४ हजार ७ सय ९० जना पुरुषले खोप लगाएका छन् । धादिङमा साउन ४ गते र ५ गते खोप लगाइदैछ । ५५ वर्ष उमेर माथीका व्यक्ति, शिक्षक र अन्य गरी यो पटक २० हजार खोप लगाउन योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नीलकण्ठ खोप केन्द्रबाट मात्रै ५५ बर्ष माथीका ७ सय १, चालक सहचालक गरी १ सय २६, अत्यवसेकिय क्षेत्रका २ सय ७०, शिक्षक १ सय ३२, बिदेश जाने ११, अन्य १ सय २७ जनालले खोप लगाएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिए ।

सवारी चालकशिक्षक, विदेश जाने व्यक्ति, अत्यवसेकिय क्षेत्रमा काम गर्ने व्यक्ति, बैक सहकारीका कर्मचारी, नगर प्रहरी, सुरक्षाकर्मीलगायतलाई खोप दिइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: