Fri. Mar 29th, 2024

धादिङमा बढाइएको बस भाडा र मुल्यबृद्धि घटाउन नेवि संघको अपिल

धादिङ– धादिङका यातायात व्यवसायीहरूले आफुखसी बढाएको सार्वजनिक यातायातको भाडा र पेट्रोलियम पदार्थको मृल्यबृद्धि घटाउन नेपाल विद्यार्थी संघ नीलकण्ठ क्याम्पस इकाईले अपिल गरेको छ ।

संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा समायोजन गरेपछि धादिङका व्यवसायीहरुले बढाएको भाडादर तत्काल घटाएर पुरानै भाडादर कायम राख्न नेवि संघले विज्ञप्ती मार्फत अपिल गरेको हो ।

पेट्रोलियम पदार्थको मुल्य र यातायातको भाडादरमा वृद्धिले दैनिक उपभोग्य वस्तुको मुल्य समेत बढ्ने भएकाले जनताको जीविका र विद्यार्थीको दैनिक जीवन कष्टकर बन्ने भएकोले पेट्रोलियम पदार्थको मुल्य र भाडादरमा गरिएको वृद्धि फिर्ता लिन आग्रह गरिएको विज्ञप्तीमा भनिएको छ ।

‘यातायातका साधनमा सरकारले निर्धारण गरेको भाडादर विपरित धादिङमा गरिएको अवैज्ञानिक, असन्तुलित र मनोमानी रुपमा निर्धारण गरिएको भाडादर तत्काल फिर्ता लिन आग्रह गर्दछौं’ विज्ञाप्तीमा भनिएको छ । फिर्ता नलिए कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएको छ ।

यसअघि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले पनि समायोजित भाडादर फिर्ता लिन विज्ञप्ती मार्फत आग्रह गरिसकेको थियो ।

संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा समायोजन गरेपनि एउटै प्रदेशभित्र चल्ने र स्थानीय तहमा चल्ने सवारीको भाडा समायोजन गरेको छैन । तर, धादिङका व्यवसायीहरुले धादिङबेसीबाट छुट्ने र काठमाडौबाट छुट्ने सबै रुटको भाडा आफुखुसी २८ प्रतिशतले बढाएका थिए ।

यसअघि १ सय ८७ रुपैँयामा धादिङ काठमाडौ गरिरहेका यात्रुले अहिले बढाएको भाडा अनुसार लोकल बसमा २ सय ३७ र ननस्टप तथा डिलक्स बसमा २ सय ९० तिर्नुपर्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: