Wed. Sep 22nd, 2021

कक्षा १२ का विद्यार्थीले आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन ३१ गते बिहीबारदेखि सुरु गर्ने भएको छ ।

भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने बोर्डले जनाएको छ । बोर्डले भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

परीक्षा बोर्डका अनुसार ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म परीक्षा हुनेछ । देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।

Loading...