Fri. Mar 29th, 2024

‘धादिङका यि युवतीहरुले अब पुरुषको दाह्री कपाल काट्नेछन्’

धादिङ– सैलुनमा कसले कपाल काट्छ भनेर कसैलाई प्रश्न गर्दा सहजै उत्तर आउँछ, ‘पुरुषले’ । तर त्यो प्रश्नको उत्तर अब गलत हुनसक्छ । धादिङको गजुरीका व्युटी पार्लरवालीहरु अब पुरुषको कपाल पनि काट्न सक्ने बनेका छन् ।

तालिमको क्रममा कपाल काट्न सिक्दै । तस्बिर: पाविल

गजुरी गाउँपालिकाले पार्लर सिकेर बसेका र व्यवसाय गरिरहेका १५ जना महिलालाई पुरुषको दाह्री कपाल काट्ने तालिम दिएको हो । १५ जना महिला तथा युवतीहरुले १८ दिनको तालिम लिएका छन् । नयाँपनसँगै महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको गाउँपालिका उपाध्यक्ष सिता ढुंगानाले बताइन् ।

भइरहेको व्यवसाय फराकिलो हुने र आम्दानीको श्रोत बढाउन सहज होस् भन्नाको लागि पार्लर व्यवसाय गरिरहेका र पार्लर सिकेका महिला तथा युवतीहरुलाई तालिम दिइएको ढुंगानाले बताइन् ।
‘स्थानीय महिलाले नै पुरुषको समेत काट्ने भएपछि कपाल काट्ने नाउमा देश बाहिर जाने लाखौ रकम स्थानीयस्तरमै राख्नेछ’ ढुंगानाले भनिन्,‘ गजुरी गाउँपालिकाभित्र १२ वटा सैलुन छ, त्यहाँ दैनिक एक सय जनाले कपाल काट्छन्, दारीकपाल काट्दा एकजनाले २ सयसम्म तिर्छन्, यो हिसाबले दैनिक एक लाख बाहिरिने गरेको छ, त्यो रोक्ने हाम्रो अभियान पनि हो ।’

सीपलाई ब्यवहारमा लैजान र आय आर्जन गर्न सुझाब दिएका छन् । नराम्रा तर्क, वितर्क र खिसी गर्नेको मतलब नराखी निरन्तर अगाडि बढ्ने तालिममा सहभागीहरुले बताएका छन् ।
गजुरी गाउँपालिकाले सहुलियक कर्जाका लागि व्यज अनुदान कार्यक्रम अन्तर्गत महिला उद्यमी लोन उपलब्ध गराउँदै आएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: